झापा— पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाललाई पितृ शोक परेको छ । कनकाई नगरपालिका ६ चम्पापुरस्थित विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज विहान निधन भएको हो । वि.स. १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए ।स्व. ढकालका श्रीमती हरिमाया ढकाल सहित ५ छोरा र ४ जना छोरी रहेका छन् । जसमा सीके अंकल काईला छोरा हुन् ।ढकालका पाँच छोरा वुहारीहरुमा वेदप्रकाश – चन्द्रमाया, नरेन्द्र– गोमा, खेमराज – उर्मिला, चन्द्रकान्त – अम्विका, कमल – देवका रहेका छन् । चार छोरीहरु डम्वर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेक
मोरङ— मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम कुमार यादव, अन्जु मण्डल, अशारु चौधरी, रोनिस दाहाल र बसन्त मोते रहेका छन् ।मंगलबार बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।सोही दिन झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्न
झापा— झापामा तीनजना मृत फेला परेका छन् । आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अर्जुनधारा–४ मा भेटिएको शवको भने सनाखत हुन बाँकी छ । बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रवक्ता खड्काले बताए ।
काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल
बारा - नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौं देखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीका बासीन्दा अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा वत्ति बलिएको थियो । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । विद्युतीकरणपछि पहिलो
काठमाडौं - आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९।२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो ।नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गु
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन महिनामा भारत र तुर्कमेनिस्तान तथा असारको दोस्रो साता स्पेन भ्रमणमा जाने तयारी सुरु गरिएको छ। प्रधानमन्त्रीका निकट स्रोतका अनुसार भारत भ्रमण साउनको दोस्रो हप्ता हुन सक्ने सम्भावना रहेको छ भने स्पेन भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगेको छ।परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार स्पेन भ्रमणको मिति लगभग तय भइसकेको छ र त्यसअनुसार तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओली असार १६ देखि १९ (जुन ३० देखि जुलाई ३) सम्म स्पेनको सेभिल सहरमा हुने चौथो संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागी हुनेछन्। यो सम्मेलनमा विश्वभरका नेताहरू,
झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको भने परिचय खुलेको छैन ।तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
म्याग्दी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अब पुरानो राजनीतिक व्यवस्थामा फर्किन नसक्ने स्पष्ट पारेका छन्।बुधवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र लामो राजनीतिक संघर्ष र जनताको बलिदानबाट स्थापित भएकाले यसबाट मुलुक पछाडि फर्कन नसक्ने बताएका हुन्।"यो प्रणालीमा भएका कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ," दाहालले भने, "राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने गरी काम गर्नुपर्छ।"उनले जनताका समस्या बुझ्न आफ्नै
काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए । आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको उनको सचिवालयले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.