समाचार

    Showing 13,091-13,100 of 23,669 items.
  • तारको जञ्जालबाट मुक्त हुँदै पोखरा

    गण्डकी । विजयपुर खोला कटेर पर्यटकीय राजधानी सहर पोखरा छिर्दा पहिलेको दाँजोमा हिजोआज केही फरक दृश्य आँखामा आइपुग्छ । गाडीमा चढ्दा होस् या पैदल हिँड्दा उत्तरपट्टिका लहरै हिमाल सजिलै देख्न सकिन्छ । छिटपुटबाहेक विद्युत्का जीर्ण पोल हटाइएको छ । तार जमिनमुनि बिछ्याइएको छ । गुजुमुज तारको चेपबाट हिमाल चिहाउनुपर्ने बाध्यता टरेको छ । लथालिङ्ग अवस्थामा रहेका तार र पोल हटेपछि सडक खुला र फराकिलो देखिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा अहिले विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको छ । प्राधिकरणको सवस्टेसन रहेको पोखरा मह

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 340 पटक पढिएको
  • पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण

    भोजपुर । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उनले बताए ।‘यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ’, प्रमुख प्रशा

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 206 पटक पढिएको
  • रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

    गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।रु एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 256 पटक पढिएको
  • शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनः फर्मालिन प्रयोग भएका माछा नष्ट

    झापा । शिवसताक्षी नगरपालिकाले  बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताइन् । भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग हुने गरेको जनगुनासो आएपछि नगरपालिकाले गत सातादेखि त्यस्तो माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।स्थानीयवासीले शिवगञ्ज बजारमा भारतबाट आयातित मरेका माछा आइतबार बिक्री भइरहेको जानकारी नगरपालिकालाई दिएका थिए । लगत्तै उपप्

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 234 पटक पढिएको
  • घुन्सा खोला जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड लगानी गर्ने

    काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत्् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना  रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले रु तीन अर्ब, नागरिक लगानी कोषले रु दुई अर्ब, माछापुच्छे्र बैंकले रु एक अर्ब ४५ करोड, एभरेष्ट बैंकले रु एक अर्ब २५ करोड लगानी गर्नेछन् । बैंक तथा व

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 304 पटक पढिएको
  • स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने

    भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो । 

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 361 पटक पढिएको
  • पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए ।गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट)मा सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी  कीर्तिमान कायम गर्न लामासहितका आरोहीलाई सम्मान गरिएको हो । कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 285 पटक पढिएको
  • आज होलोकास्ट स्मृति दिवस

    काठमाडौँ । दोस्रो विश्वयुद्धका बेला भएको वीभत्स नरसंहार पुनः नदोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०÷७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो । यो दिवस  न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए । यहाँस्थित इजरायली, संयुक्त राज्य अमेरिका र सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज यहाँ संयु

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 272 पटक पढिएको
  • पाथीभरा केबलकार घटनाः वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोगको आग्रह

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै उक्त आग्रह गरेको हो । ‘विकास निर्माणका क्रममा आउन सक्ने यस प्रकारका असहमति र विवादको समयमै पहिचान तथा सम्बोधन गर्न, विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘झडपका क्रममा घाइते व्यक्तिको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्नु, एकापसमा

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 153 पटक पढिएको
  • दुई वर्षअघि निर्मित सार्वजनिक शौचालय प्रयोगविहीन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ वनसमिति बजारमा दुई वर्षअघि निर्माण गरिएको शौचालय प्रयोगविहीन भएको छ । रु पाँच लाखमा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको शौचालयमा ट्याङ्की राखिए पनि पानीको व्यवस्था नहुँदा प्रयोगमा आउन नसकेको हो ।‘पानीको व्यवस्था गर्न नल्का (धारा) मा जडान गरिएको विद्युतीय मोटरसहित नल्का चोरी भएपछि निर्माण भएको शौचालय प्रयोगमा आउन सकेको छैन’, शुक्लाफाँटा–६ का वडाध्यक्ष दानसिंह ऐरले भने, ‘शौचालयमा रङ्गरोगन गरिएको छैन, शौचालयसम्म पुग्ने बाटो, घेरबार केही छैन । निर्माण मात्रै भए पनि प्रयोगमा ल्याउन सकिएको छैन ।’ वडासँगै थोरै बजेट हुँदा शौचालय प्रयोगमा ल्याउन नसकिएको उनले बताए ।न

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 144 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.