समाचार

    Showing 13,081-13,090 of 25,799 items.
  • सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

    काठमाडौं -  सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामासंसदको क्यालेन्डरलगायतका विषयमा छलफल हुनेछन् ।प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोधको कारण बजेटमाथिको छलफद अघि बढ्न सकिरहेको छैन । यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन् ।

    • प्रकाशित मितिः असार १, २०८२
    • 240 पटक पढिएको
  • राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा

    काठमाडौं -  राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ ।कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदकालागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ ।  त्यसैगरी त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल ध

    • प्रकाशित मितिः असार १, २०८२
    • 222 पटक पढिएको
  • कर्णालीमा चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी

    सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षकै हाराहारीमा आगामी बर्ष (२०८२÷०८३)को बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताए । संघीय सरकारबाट आउने विभिन्न अनुदानमा ६४ करोड घटेर आएपछि बजेटको आकार खासै बढाउन नसकिने मन्त्री शाहको भनाई छ । नसक्ने बजेट निर्माणको सम्पूर्ण काम सकिएको उनले बताए । ‘बजेट निर्माणको अन्तिम चरणमा छौ, ठ्याक्कै बजेटको आकार कस्तो हुन्छ आज थाहा भैहाल्छ नि’ मन्त्री शाहले भने, ‘कर्णाली सरका

    • प्रकाशित मितिः असार १, २०८२
    • 198 पटक पढिएको
  • देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

    काठमाडौं -  भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको

    • प्रकाशित मितिः असार १, २०८२
    • 309 पटक पढिएको
  • मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोनवार्ता

    काठमाडौं -  रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले फोन वार्तामा मध्यपूर्वको अवस्थाबारे छलफल गरेको क्रेमलिनले जनाएको छ ।कुराकानी ५० मिनेटसम्म चलेको थियो, यो ठोस, इमान्दार र धेरै उपयोगी थियो, रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भने, यो स्वाभाविक रूपमा मध्यपूर्वको अवस्थाको खतरनाक बिग्रँदो अवस्थामा केन्द्रित थियो ।उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई इरान र इजरायलका नेताहरूसँगको आफ्नो हालैको फोन वार्ताको बारेमा जानकारी गराए ।‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व

    • प्रकाशित मितिः असार १, २०८२
    • 321 पटक पढिएको
  • मोरङमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनाः प्रहरीसहित दुई जनाको मृत्यु, ६ जना घाइते

    विराटनगर— मोरङ जिल्लामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा नेपाल प्रहरीका एक सहायक हवल्दारसहित दुईजनाको मृत्यु भएको छ भने बालकसहित ६ जना घाइते भएका छन्।पहिलो घटना कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा शनिबार राति करिब ८ बजे भएको हो। पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा इलामको प्रहरी चौकी जमुनामा कार्यरत ३१ वर्षीय सहायक हवल्दार जितेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचार हुँदै गर्दा चौधरीको निधन भएको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः असार १, २०८२
    • 292 पटक पढिएको
  • ट्रेड टावरको आईपीओ बाँडफाँड

    काठमाडौं -  ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ ।कुल २१ लाख ७१  हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो ।कम्पनीले आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतीमा आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो ।आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरुबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुदाँ कम

    • प्रकाशित मितिः असार १, २०८२
    • 409 पटक पढिएको
  • प्रचण्डले दिए एक लाख विरुवा रोप्ने अभियानमा साथ

    दमक - नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण

    • प्रकाशित मितिः असार १, २०८२
    • 291 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपा र राप्रपाको संसदमा निरन्तर विरोध, बजेट छलफल प्रभावित

    काठमाडौं— गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय संसदमा विरोध जारी राख्ने निर्णय गरेका छन्।भिजिट भिसा प्रकरणमा देखिएको अनियमितताबारे गृहमन्त्रीको प्रत्यक्ष जिम्मेवारी रहेको भन्दै दुवै पार्टीले उनीमाथि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने अडान लिएका छन्। आइतबार सभामुख देवराज घिमिरेको अध्यक्षतामा सिंहदरबारमा भएको प्रमुख दलका मुख्य सचेतकहरूसँगको छलफलमा रास्वपा र राप्रपाले आफ्नो विरोध कायमै राख्ने बताएका हुन्।सभामुख घिमिरेले संसद्‌को आगामी कार्यसूची, विशेष गरी बजेट सत्रलाई प्रभावकारी बनाउने उद्देश्यले उ

    • प्रकाशित मितिः असार १, २०८२
    • 387 पटक पढिएको
  • हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

    काठमाण्डौ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएकाे छ ।आज(आइतबार) बिहान गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण  नजिकै दुर्घटना भएको हो । सो हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा एक बच्चा पनि छन्। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।

    • प्रकाशित मितिः असार १, २०८२
    • 320 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.