समाचार

    Showing 13,081-13,090 of 19,851 items.
  • ललिता निवास जग्गा प्रकरण : थप एकजना पक्राउ

    काठमाडौँ / काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठ छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार उनलाई  जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए । यो प्रकरणमा हालसम्म पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ परिसकेका छन् ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 128 पटक पढिएको
  • साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौं / साताको पहिलो दिन आज आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन एक लाख १२ हजार ८००, तेजाबी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 134 पटक पढिएको
  • ड्युटीमा रहेका ट्राफिक प्रहरी कुट्ने २६ वर्षीय युवक पक्राउ

    काठमाडौँ / ड्युटीमा रहेका ट्राफिक प्रहरी कुटपिट गर्ने एक युवकलाई हरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन् । राईले दिउँसो ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए । राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ । उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 130 पटक पढिएको
  • अज्ञात समुहद्धारा नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या

    झापा / हिजो शनिबार राति मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई  गोली हानी हत्या गरेका छन् । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी  महिलाको  हत्या गरेका हुन् । हत्या हुने महिलाको पहिचान भने खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको हो । घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डीएसप

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 144 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड आज साँझ इटाली जाँदै

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेका हुन् ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज साँझ ६ बजे कतार एअरलाइन्सको उडानमार्फत प्रस्थान गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 41 पटक पढिएको
  • अज्ञात समूहद्वारा जुम्लाका ७ घरमा आगजनी , कुनै मानवीय क्षति भने भएन

    झापा  / शुक्रबार राति अज्ञात समूहले जुम्लाको गुठीचौरका ७ वटा घरमा आगजनी गरेको छ । गुठीचौर गाउँपालिका- ४ मा रहेका सात घर र एक ट्याक्टरमा अज्ञात समूहले शुक्रबार राति आगजनी गरेको हो । उक्त घटनाबाट कुनै मानवीय क्षति नभए पनि घरका झ्याल, ढोका र गोठहरु जलेको प्रहरीले बताएको छ । आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुुख डीएसपी प्रहृलाद न्यौपानेले बताए ।उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरम

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 46 पटक पढिएको
  • सुनसरीको इटहरीमा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन ।शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका- १७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राई अनुसार मोटरसाइकलमा चार जना सवार थिए । दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए ।उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 160 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण पक्राउमा परेकाहरूलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं / ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरूलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरू भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 121 पटक पढिएको
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    झापा / सिँचाइ पोखरीमा डुबेर दैलेखमा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का  ५ वर्षीया सपना खप्तडी र ८ वर्षीया विपना खत्री रहेका छन् । बिहीबार बेलुका घरदेखि ५० मिटर टाढा रहेको  सिँचाइ गर्न बनाइएको पोखरीमा डुब्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 112 पटक पढिएको
  • कोरियामा काम गरेर फर्किएका नेपालीका लागि फेरी अवसर

    काठमाडौँ / कोरियामा काम गरेर फर्किएका नेपालीका लागि इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले आवेदन दिन पाउने भएका छन् ।साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने छन् । परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 131 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा