समाचार

    Showing 12,951-12,960 of 25,799 items.
  • आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बिहीबार विहान ८ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो । बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः असार ५, २०८२
    • 382 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन तस्करीः दुबईबाट आएकी भारतीय महिलाबाट एक किलोभन्दा बढी सुन बरामद

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन् ।एयर अरेबियाको उडानमार्फत दुबईबाट काठमाडौं आएकी उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।शंका लागेर जाँच गर्दा मलद्वारमा प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 259 पटक पढिएको
  • स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश

    चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बुधबार नेता साह चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन् । बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए । त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थि

    • प्रकाशित मितिः असार ५, २०८२
    • 252 पटक पढिएको
  • वडा अध्यक्षमाथि भएको आक्रमणप्रति हेटौंडा उपमहानगरपालिको गम्भीर ध्यानाकर्षण

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपाने माथि भएको संघातिक आक्रमणप्रति हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बुधबार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेर एक समूहले उनलाई शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान मोबाइल लुटपाट गरेको थियो । घटनापछि उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी यस्ता आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ ।नगर प्रमुख मिना लामाले जनप्रतिनिधिमाथिको आक्रमणले उनीहरूको मनोबल गिराउने भन्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभयो। उहाँले यस्ता लुकिछिपी गरिने आक्रमणहरूलाई राजनीतिक गतिविधि नभई अराजक क्रियाकलापको संज्ञा

    • प्रकाशित मितिः असार ५, २०८२
    • 272 पटक पढिएको
  • नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

    काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुनःस्थापित गर्ने उद्देश्यसहित छानबिन समितिको प्रतिवेदन बुझाइएको दाबी गरेको छ ।शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीका अनुसार नेपाल स्काउटभित्र देखिएको विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँदै गरिएको आमरण अनशनपछि नेपाल स्काउट सँग सम्बन्धित मन्त्रालयको पहलमा छानबिन समिति गठन गरिएको थियो ।  उक्त समिति २०८२ साल वैशाख ५ गतेदेखि सक्रिय भएको हो । संयोजक अधिकारीले मन्त्रालयकै दबाबमा समितिले छानबिनको म्याद १५ दिनमै टुंग्याउनुपर्ने अवस्था सिर्जना गरिएको बताएका छन् । साथै स्काउटको तर्फबाट आवश्यक कागजात नदि

    • प्रकाशित मितिः असार ५, २०८२
    • 171 पटक पढिएको
  • तनहुँमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढ्दै

    तनहुँ— गर्मीयामसँगै प्रदेश अस्पताल दमौलीमा भाइरल ज्वरो, पखाला र टाइफाइडका बिरामीहरु बढेका छन्।  दैनिक ४५० भन्दा बढी बिरामी उपचारका लागि आउन थालेको अस्पताल स्रोतले जनाएको छ।बिरामीले बढी प्रभावित हुनेहरुमा बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गर्नेहरू रहेका छन्। औषधि प्रयोग गरेर पकाइएका आँप र लिची धेरै खाँदा झाडापखालाका बिरामी बढेका डा. परिवर्तन बरालको भनाइ छ।गर्मीबाट बच्न झोलिलो पदार्थको सेवन बढाउन, पानी उमालेर पिउन, र ज्वरो आएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सुझाव दिइएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 398 पटक पढिएको
  • जोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्न आज (बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले असार ८ गतेलाई बुक क्लोज मिति तोकेको हुँदा आजसम्म कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रद सेयरका लागि आवेदन दिने अवसर पाउनेछन्।असार ६ गते शुक्रबार र ७ गते शनिबार सार्वजनिक बिदा परेकाले आजसम्म सेयरधनी सूचीमा नाम भएका लगानीकर्ताले मात्र हकप्रदमा सहभागी हुन पाउने व्यवस्था गरिएको हो।धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले १ः१ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यस अनुसार, कम्पनीका हालका सेयरधनीहरूले एक कित्ता सेयरमा एक कित्ता हकप्रद सेय

    • प्रकाशित मितिः असार ५, २०८२
    • 396 पटक पढिएको
  • सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

    कञ्चनपुर— भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकामा कोरोना संक्रमणको जोखिम अझै कायम रहेको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्किएका बर्दियाका एक व्यक्तिमा कोरोना पुष्टि भई गम्भीर अवस्थामा महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।जेठ २१ देखि असार ४ सम्म भारतबाट फर्किएका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा १६ जना निको भइसकेका छन् भने सातजना होम आइसोलेसनमा छन्। सीमा नाकामा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीको एन्टिजेन परीक्षण हुँदै आएको छ। स्वास्थ्यकर्मीहरूद्वारा मास्क, स्यानिटाइजरको प्रयोग र क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 421 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो । पहिलो खेलमा नेदरल

    • प्रकाशित मितिः असार ५, २०८२
    • 403 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।यसैगरी विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफलअन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय

    • प्रकाशित मितिः असार ५, २०८२
    • 340 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.