काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले प्रतिपक्षी दलहरुले संसद बहिष्कार गरेर कति दिन चलाउने भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे । उनले भने, ‘अख्तियारले छानविन गरेर जनतासामु तथ्य प्रमाणसहित ल्याउला । म पूर्ण रुपले विश्वस्त छु । उहाँ बेदाग चरित्र हो । उहाँले यस काममा भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू र ठाउँ पनि&n
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरु रहेको बताएका हुन् । उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’ उनले थप भने, ‘उहाँ स्वयम सक्षम निकायहरुको रडारमा हु
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गरिएको सदनलाई जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए । उनले भने, ‘मैले नै प्रस्ताव गरेर निर्णय गरेको छ । सरकारले छानविन समिति गठन गरेको छ । सरकारले समस्या छ, सबैलाई थाहा छ । व्यक्तिगत विषयको कुरा होइन । यो समस्यालाई सबै मिलेर समस्याको पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरीसमिति गठन गरिएको छ । त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्
काठमाडौं - ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटेल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एन्ड रिसोटबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा संचालित होटेल तथा रिसोर्टहरूमा १५ प्रतिशत र मौल
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको संसद् बैठक पनि बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरण छानबिनका लागि गठन गरिएको समिति अस्वीकार गर्दै रास्वपाले सदन बहिष्कार गरेको हो ।
काठमाडौं - एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।यो जितसँगै नेपालले ४ अंक जोडेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका श्रीयान्स बजँगाईले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए । ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे । प्रशिद्व जैशीले ३७ बलमा ३ चौकासहित ३३ रन बनाए। जोय थापा १ रनमा पभिलियन फर्किए । नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विके
काठमाडौं : गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन् । मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना रहेको र सूचनासँग पत्रकार जोडिने भएको कारण विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा रहने बताएका हुन् । उनले भने,‘विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना हो । सूचनासँग पत्रकारहरु जोडिनुभएको छ । त्यसकारण विपद जोखिम न्यूनिकरण गरेर यसको व्यस्थापन गर्न
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर, रजिष्ट्रार तथा सेवा आयोग कार्यालयमा १२ दिनदेखि तालाबन्दी जारी छ। त्रिविका आंशिक प्राध्यापकहरूको केन्द्रीय संघर्ष समितिले ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट १३० जना प्राध्यापक नियुक्ति गर्न ल्याइएको विज्ञापनको विरोधमा गत जेठ ३० गतेदेखि तालाबन्दी गर्दै आएका हुन्।सेवा आयोगले १०० जना उप–प्राध्यापक र ३० जना सह–प्राध्यापक/प्राध्यापक पदका लागि अनुसन्धानमा आधारित अन्तर्वार्तामार्फत नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। तर, संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुका अनुसार यो प्रक्रिया त्रिविको ऐन, नियम र कानुनको उल्लङ्घन हो, र नियुक्तिको नाममा आफ्ना
सङ्खुवासभा — सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा खसेको सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार आज बिहान करिब ६ बजे फ्याक्रे खोलाको पुलमा सुख्खा पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक ठप्प भएको हो। सडक अबरुद्ध भएपछि मकालु गाउँपालिकाका केही वडा तथा भोटखोला जाने सवारी साधन सञ्चालनमा अवरोध पुगेको छ।सडक खुलाउने प्रयास भइरहेको जानकारी दिँदै उत्तर–दक्षिण कोशी राजमार्ग आयोजनाका सूचना अधिकारी नरेश जिरेलले फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउने कार्य
काठमाण्डौ । सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ ।असार २९ गते डीआईजीको चार वर्षे पदावधि पूरा हुने भएपछि अर्को एक वर्ष पदावधि थप गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रस्ताव गरेका थिए। गृह मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीलद्वय कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप भएको छ। उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गरिएको छ । डिआईजी धौवजीको आगामी असोज २४ गतेसम्म र न्यौपानेको आगामी माघ २९ गतेसम्म उमेर र सेवा अवधि दुवै ननाघ्ने गरी पदावधि थप गरिएको हो। ३० वर्षे स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.