समाचार

    Showing 12,741-12,750 of 19,847 items.
  • बर्दघाटमा बस दुर्घटना, सात जना घाइते

    काठमाडौं   ।   पूर्व–पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । दुघर्टना भएको सवारी चालक फरार रहेकोर उनको खोजिकार्य भइरहेको छ ।पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ 

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 147 पटक पढिएको
  • सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने

    काठमाडौँ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।शर्माले नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् ।

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 217 पटक पढिएको
  • एमसीसी खारेजीको माग राख्दै आजबाट देशब्यापी विरोध प्रदर्शन

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष  किरण  ,  नेपाल कम्युनिस्ट पार्टीका  अध्यक्ष  ऋषी कटेल  र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी  ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,  नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले भाद्र १२ एक संयुक्त बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्।  ति पार्टीले एमसीसी खारेजीको माग गर्दै . भाद्र १३ गते देशब्यापी संयुक्त वि

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 186 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशका पहाड

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 166 पटक पढिएको
  • टिकटकलाई प्रतिबन्धन लगाउन माग गर्दै सञ्चार मन्त्रालयमा निवेदन दर्ता

    काठमाण्डौ   ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध बारम्बार मुद्दा हालेर चर्चित बनेका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटकलाई प्रतिबन्धन लगाउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।छोटो भिडियो र मनोरञ्जनका लागि चर्चित एप टिकटकको प्रयोगले मुलुकमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता, अपराध बढाएको जिकिर गर्दै उनले आज सञ्चारमन्त्री रेखा शर्माको निजी सचिवालयमा निवेदन दिएका हुन् । नेपालमा सञ्चालनका लागि अनुमति नलिएको एपमाथि नियमन नभएकोमा उनले असन्तुष्टि जनाएका छन् ।निवेदनमा भनिएको छ,

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 209 पटक पढिएको
  • एमसीसी उपाध्यक्ष क्यामरुन नेपालमा

    काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । त्यसैका लागि अलफोर्ड आज(मङलबार) नेपाल आइपुगेका हुन् । सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ रहेको छ।यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन् ।

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 139 पटक पढिएको
  • इमरान खानलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

    काठमाडौँ । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि लगाइएको सजायमा रोक लगाएको हो ।अदालतले खानलाई धरौटीमा छाड्न आदेश दिएको छ । पाकिस्तानका समाचार एजेन्सीहरूका अनुसार सोमबार इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारूक र न्यायाधीश मेहमूद जहाँगिरीको इजलासले खानको पुनरावेदनमा सुनुवाइ गर्दै ट्रायल कोर्टको फैसला उल्ट्याएको हो ।मुख्य न्यायाधीश फारूकले अहिलेलाई इमरान खानको आग्रह स्वीकार गरिएको पत्रकारहरूलाई बताएका छन् । पीट

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 135 पटक पढिएको
  • काठमाण्डौ जाँदै गरेको कारबाट२० केजी चाँदीसहित दुई जना पक्राउ

    मोरङ   ।   गोलन्जोर गाउँपालिका-५ खनियाखर्क बजारबाट करिब २० केजी चाँदीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने रोहित कुमार यादव र सप्तरी राजविराज नगरपालिका-८ घर भई मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३७ वर्षीय शेचन मानन्धर रहेका छन् ।  प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२५ च १०६९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक पछाडिको सिट मुनि ४ वटा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी चालक रोहितकुमार र कारमा सवार शेचनलाई पक्राउ गरेको

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 121 पटक पढिएको
  • बञ्चरेडाँडाका स्थानीयद्वारा उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने घोषणा

    काठमाडौँ। बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् ।बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आयोजन गरेको पत्रकार सम्मेलनमा स्थानीय जनताको जीवन रक्षाको लागि मानवरहित ल्यान्डफिल साइट र फोहरमैला व्यवस्थापन दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 197 पटक पढिएको
  • नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर निधन

    मधेस प्रदेश । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ। सोमबार बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए।नेपाल प्रेस युनियन, धनुषाका अध्यक्ष राजनकुमार सिंहले भने, “उहाँ यस क्षेत्रको शिखर पुरुष नै हुनुहुन्थ्यो, उहाँको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।”विगत १४ महिनादेखि बिरामी पर्नुभएका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए। यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 201 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा