समाचार

    Showing 12,741-12,750 of 25,799 items.
  • भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

    महेन्द्रनगर -  भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीहरुले आफुहरुलाई कुटपिट गरिएको, काँचो भात साथै नुन–पानी र बेसार हालेर दिने गरेको बताएका छन् । बुधबार अपरान्ह पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किएका उनीहरुले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दलालहरुले चरम यातना समेत दिएको बताए ।  भनेको नमाने कुटपिट समेत गर्ने गरेको पनि उनीहरुले बताए ।नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरि नेपाल ल्याइएको हो ।उद्धार गरिएको मन

    • प्रकाशित मितिः असार १२, २०८२
    • 404 पटक पढिएको
  • ‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

    काठमाडौं  - ‘टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।इप्पानले विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेटमार्फत रनअफ दी रिभर (आरओआर) प्रकृतीका जलविद्युत परियोजनामा टेक एण्ड पे विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो ।पहिल्यै देखि कायम रहेको टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कद्मको विरोध गर्दै आएको थियो । टेक एण्ड पे को प्रावधान लागु भएको खण्डमा बैंक तथा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 346 पटक पढिएको
  • जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

    काठमाडौं -  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् । विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।रोपाइँको सिजनमा भइरहेको मल अभावको विषयलाई उठाउँदै उनले भने,‘मलको हाहाकार छ, हुन्छ । जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन बजारमा मलको माग ११ लाख देखि १३ लाख टनको छ । एक चौथाइ मलले कसरी किसानलाई पुर्ति गर्न सकिन्छ । राज्यप्रति दायित्व भइसकेपछि&nb

    • प्रकाशित मितिः असार १२, २०८२
    • 469 पटक पढिएको
  • द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

    एजेन्सी -  द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् । नेपाली र भारतीय नागरिक बोकेको विशेष उडान हिजो(बुधबार) राति अबेर नयाँ दिल्लीमा सुरक्षित अवतरण भएको छ ।‘अपरेशन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल संख्या ३,४२६ पुगेको छ। विस्थापितहरूले अपरेशन सिन्धु अन्तर्गत द्वन्द्वग्रस्त इरानबाट उनीहरूलाई उद्धार गरेकोमा इरानी र भारतीय सरकारलाई धन्यवाद दिए।एएनआईसँग कुरा गर्दै इरानबाट फर्किएका एक भारतीय उद्धारकर्ताले भने, ‘म मेरो सरकारलाई, विशेष गरी प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु। हामीले कुनै कठिनाइको सामना नगरी आइपुगेका छौं । इरानी र भारतीय दुवै सरक

    • प्रकाशित मितिः असार १२, २०८२
    • 329 पटक पढिएको
  • मतदाताहरुले नामावलीमा नाम दर्ता गराउन आग्रह

    काठमाडौं— निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ मतदाताहरुले नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ।आयोगले एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेको हो ।आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० को खण्ड ९२० मा “निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतद

    • प्रकाशित मितिः असार १२, २०८२
    • 477 पटक पढिएको
  • लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

    काठमाडौं— खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलुक कार्यक्रमले केही हदसम्म भए पनि लागुऔषधसम्बन्धी जनचेतना र जागरण फैलाउनलाई सहयोग गरेको बताउनुभयो ।‘‘यस्ता रचनामूलुक कार्यक्रम निरन्तर रुपमा भइराख्न जरुरी हुन्छ,’’ उनले भने,‘‘यो सुरुआत मात्रै हो ।प्रत्येक वर्ष लागुऔषध दुव्र्यसनी रोकथाम तथा न

    • प्रकाशित मितिः असार १२, २०८२
    • 491 पटक पढिएको
  • टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेका भारतीय युवक मृत भेटिए

    काठमाडौं— कपिलवस्तुमा टिकटक भिडिओ बनाउन खोलामा हाम फालेपछि बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय, पकडी कपिलवस्तुका अनुसार सुन्दर गाउँपालिका–६, गौरास्थित खोलामा हाम फालेका २१ वर्षीय इशक मुसलमानको शव बुधबार फेला परेको हो ।मुसलमान नेपालमा आफ्नो मामाघर आएका प्रहरी निरीक्षक सुवास खतिवडाले जानकारी दिए । सोमबार गर्मी छल्न भन्दै उनी नाता पर्ने दुई भाइसँग खोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा उनले टिकटकका लागि भिडियो बनाउने भन्दै खोलामा डाइभ हान्ने योजना बनाएका थिए ।“म डाइभ हान्छु, भिडियो खिचेर टिकटकमा हाल्ने भन्दै उनले भाइलाई मोबाइल खिच्न दिएका रहेछन्,” प्रह

    • प्रकाशित मितिः असार १२, २०८२
    • 482 पटक पढिएको
  • ५३ वर्षीया महिला बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

    बारा— बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेटा गाउँपालिका– ३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहा रहेका छन् । उनलाई ​बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 491 पटक पढिएको
  • स्कोरपियोको ठक्करबाट २५ वर्षीय ठाकुरको मृत्यु

    सुनसरी— सुनसरीस्थित बर्जु गाउँपालिका–१ को शुक्रबारेमा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। विराटनगरबाट चिमडीतर्फ जादै गरेको स्कोरपियोको ठक्करबाट सोही दिन साइकलयात्री २५ वर्षीय दीपचन ठाकुरको मृत्यु भएको हो। हालसम्म नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। त्यहीँ उपचारको क्रममा उनको निधन भएको हो। ठक्करपछि फरार चालक र स्कोरपियोको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असार १२, २०८२
    • 599 पटक पढिएको
  • विष्णुमतीमा गाडीसहित बगिएकी महिला सकुशल

    काठमाडौं  - काठमाडौंको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। बुधबार राति १० बजेको समयमा काठमाडौंको टोखा नगरपालिका– ६ ग्रान्डी अस्पतालपछाडि विष्णुमती खोला किनाराबाट बा।प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो । काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेका थिए ।  चालक खोला किनारामा हाम फाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।बानियाँटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 365 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.