काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ सत्रमा सहभागी हुन इटालीको रोम प्रस्थान गरेकी छन्। सम्मेलन आगामी जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुँदैछ।मन्त्री राणा एफएओ सम्मेलनका प्रमुख सत्रहरू र अन्य उच्चस्तरीय कार्यक्रमहरूमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्नेछिन्। उनका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार, सम्मेलनमा उनले खाद्य सुरक्षासम्बन्धी नेपालका धारणासहित विभिन्न अन्तर्राष्ट्रिय पहलहरूमा नेपालको सहभागिताबारे प्रकाश पार्नेछिन्।मन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, स
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।
काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा
काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार राजधानीको जंगीअड्डामा रहेको सैनिक विशेष अदालतको निरीक्षण गरेका छन्। सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित अनुगमन तथा निरीक्षणको सिलसिलामा प्रधानन्यायाधीश राउतको नेतृत्वमा यो भ्रमण सम्पन्न भएको हो।निरीक्षणका क्रममा प्रधानन्यायाधीश राउतले अदालतको कार्यप्रणाली, न्याय सम्पादनको प्रक्रिया र सञ्चालन सम्बन्धी जानकारी लिएका थिए। साथै, सैनिक न्याय प्रणालीमा संलग्न अधिकारीहरूलाई आवश्यक निर्देशन पनि दिएका छन्।भ्रमण टोलीलाई जंगीअड्डामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए।उक्त निरीक्षण कार्यक्रममा उच्च अदालत पाटनका मुख
काठमाडौं - आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको वर्तमान सत्ता गठबन्धनलाई ‘अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक’ भन्दै तत्काल कोर्स करेक्सन गर्नुपर्ने बताएका छन्।बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार जनताका लागि ‘बोझ’ भएको टिप्पणी गरे। उनले भने, "केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो। शेरबहादुर देउवाले तुरुन्त कोर्स करेक्सन गर्नुपर्छ। स्वाभाविक गठबन्धनमै देशको हित हुन्छ।"ओलीमाथि थप आरोप लगाउँदै साहले भने, "उनी अझै पनि विर
काठमाडौं— नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदी शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
काठमाडौं । काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुने आयोजनले जानकारी दिएको छ । कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोट्र्स पार्क उक्त लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् ।
काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको समूह ‘जी’को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन जायन्ट युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै समूह चरणमा शतप्रतिशत जितको यात्रासहित शीर्ष स्थान सुरक्षित गरेको छ ।खेलको सुरुआती मिनेटमै तीव्र गतिमा आक्रमण गरेको सिटीले ९औं मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो । तर त्यो खुशी लामो समय टिक्न सकेन । गोलकिपर एडरसनको गल्ती पछि युभेन्ट्सका टिर्याप कोप मेरिनेसले ११औं मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपे ।२६औं मिनेटमा युभेन्ट्सका पियरे ओलकाउले आत्मघाती गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए
काठमाडौं - हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अंकित मूल्य १०० रूपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।आयोजना प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् । यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।गाजाको पुनर्वास योजनाको हिस्साको रूपमा, इ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.