काठमाण्डौ । शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट अमरराज पुनले जनाएका छन् ।शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा २२ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै १८ बढीको मृत्यु भएको हो ।भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमा
काठमाण्डौ । शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। ६.४ म्याग्निच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा गएको छ।भुकुम्पले रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका ११ र १२ न. वडामा मात्र अहिले सम्म १० जनाको मृत्यु भएको दुखद खबर आएको छ । जाजरकोट,रुकुम,सल्यान लगायत वरिपरिको क्षेत्रमा भौतिक संरचना ठूलो क्षति पुगेका खबरहरु आयका छन !! जाजरकोटको रामीडॉडा केन्द्र बिन्दु भएर राति ११ः४५ बजे आएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट, रूकुम , सल्यान, सुर्खेत, दैलेखमा ठूलो क्षति गरेको छ। भुकम्पको ठूल
काठमाण्डौ । देशभर भुकम्पकाे धक्का महशुस गरिएको छ। बिशेष गरेर लुम्बिनी र गण्डकी क्षेत्रमा ठुलो धक्का महशुस गरिएको छ। राति ११ः४८ बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो।पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।भुकम्पमापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट जिल्लाको बारेकोट गांउपालिकाको पैय गाउ केन्द्र
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।शनिबार देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।आइतबार पनि देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने
काठमाण्डौ । बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउनेक्रममा आज( शुक्रबार) बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए ।डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ । यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर
झापा । हात्तीको दाह्रासहित दुई जनालाई प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।अर्जुनधारा ७ जरुवा टोल निवासी ४७ वर्षीय तिखवहादुर विश्वकर्मा र सोही ठाउँका ५० वर्षीय सावा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।सात इञ्च लम्वाई , १२ इञ्च गोलाई भएको एक केजी ७९० ग्रामको दाह्रा सहित उनीहरुलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
झापा । झापाको झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउने क्रममा भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद सजाय भएको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन महिना कैद र १० हजार जरिवानाको फैसला गरेको हो ।गाउँपालिका तत्कालीन अध्यक्ष जय नारायण साह, उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ । आर्थिक वर्ष २०७
काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।
काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ । बिहीबारको बैठकमा सो सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराएका थिए ।बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गरेका थिए ।यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
काठमाडौं / नेपाल प्रहरीले चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए त्यसको सूचना दिन आग्रह गरेको छ।प्रहरीले एक सूचना जारी गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो आएकाले आफ्ना सम्पूर्ण इकाइहरूलाई सक्रिय परिचालन गरिएको जनाएको छ।अझै पनि बजारमा कहीँ कतै कसैले चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा यथाशीघ्र सूचना गराई कानुन कार्यान्वयन गर्न गराउन नेपाल प्रहरिले आवहान गरेको छ |
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.