समाचार

    Showing 12,481-12,490 of 25,792 items.
  • क्रिकेटप्रतिको क्रेज र नेपाली खेलाडीहरूको सफलताको राष्ट्रपतिले गरे तारिफ

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे । उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जयत, प्रतिष्ठा बढाएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले हामीले हाम्रा परम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 349 पटक पढिएको
  • प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनित

    काठमाडौं – नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले आफ्नो विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् । संस्थाले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको अध्यक्ष शिव लम्सालले बताए । नेपाल प्रेस युनिय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 385 पटक पढिएको
  • रोशी–कोलाँती क्षेत्र विनाशको एक वर्ष : भएकै छैन पुनर्निर्माण, बर्बादी अझै बाँकी

    पनौती(काभ्रे) – काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो । आज त्यो ठाउँमा केवल चिहानजस्तै छ । सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन् ।गत असोज १० देखि १३ गतेसम्मको त्यो कहालीलाग्दो ‘रेकर्ड ब्रेकिङ’ वर्षाले यहाँको जीवन, सपना र सम्भावनाहरूलाई बगाएर लगेको बर्षदिन वितिसक्यो । खण्डहर बनेको बस्ती र भत्किएका घरहरुको अवस्था जस्ताकोत्यस्तै छ । समय वितेपनि घाउ निको भएन्, पीडालाई बिर्सन दिएन ।राती पानी प‍र्याे कि घरभित्र सुतिरहेका आमाबुबा झसक्क उठ्छन् । बादल लाग्छ, बालबालिकाले आँसु मिसिएको अनुहार बनाउँछन् ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 355 पटक पढिएको
  • भारतीय नागरिकलाई लुटेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं— गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङ छन् । उनीहरु असार २० गते प्रहरीले पक्राउ गरेको छ। आरोपीहरूले ठमेलबाट ‘होटल खोज्न सहयोग गर्छौं’ भनेर दुई जना भारतीयलाई नयाँ बसपार्कमा लगेर लुटपाट गरेका हुन् । अपरिचित भारतीयहरूलाई उनीहरूले नयाँ बसपार्कस्थित ध्रुबतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट गरेर लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरूम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 516 पटक पढिएको
  • देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द, बिरामीहरु समस्यामा

    काठमाडौं— आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको हो ।उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्। नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्। चिकित्कसले सेवा बहिष्कार गर्दा बिरामीहरु समस्या परेका छन्। नेपाल चिकित्सक संघका महासचिव डा।सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सातदिन भित्र अदालतमा उपस्थित हुन भने

    • प्रकाशित मितिः असार २३, २०८२
    • 686 पटक पढिएको
  • बैदेशिक रोजगारमा जानेहरुलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

    काठमाडौं, २३ असार । वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ अन्तिम चरणमा पुगेको छ । आइतवार पनि मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा सरोकारवालाहरुसँग टुंगो लगाउने गरी मस्यौदा माथि छलफल भएको छ ।उक्त छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरु मिटर ब्याजीको चर्को ब्याजको पासोमा फसेको प्रति चिन्ता व्यक्त गर्दै यो कार्यविधि लागु भए श्रमिकहरुले सहज र सरल तरिकाबाट बिना धितो ऋण उपलब्ध हुने विश्वास व्यक्त गरे ।उनले भने, मैले भन्दै आएको ३ डी, डेब्ट, डेथ र डिजिटल ट्रराप मध्ये यसले डेब्

    • प्रकाशित मितिः असार २३, २०८२
    • 120 पटक पढिएको
  • टिकटक लाइभ बस्ने महिलाहरूसँग मिलेर कमिसन खाने एक जना युवक पक्राउ

    काठमाडौं— टिकटक लाइभ बस्ने महिलाहरूसँग मिलेर पुरुषलाई ‘फिसिङ’ गर्ने र कमिसन खाने गरेको आरोपमा एक जना युवकमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । ती पुरुष सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएर टोखा स्थित ग्राण्डीमा बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्।उनलाई असार १३ गते देखी  प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । थापा असार १३ मा आफ्नो समस्या लिएर प्रहरी वृत्त बौद्धमा पुगेका थिए । उनलाई एउटा समूहले कुटपिट गरेको थियो ।बौद्ध प्रहरीले ‘रेस्पोन्स’ नगरेको भन्दै उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे । अनुहारमा निलडाम लिएर प्रहरीकहाँ गएका थापा आफैँ अनुसन्धानको दाय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 409 पटक पढिएको
  • काठमाडौंको एक होटलबाट लागुऔषध कोकिनसहित ५ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरबाट प्रहरीले लागुऔषध कोकिन सहित ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका घर भएका २९ वर्षीय दिनेश चालिसे, नवलपरासी घर भएका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट र सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने २४ वर्षीया आयुषा श्रेष्ठ रहेकी छन् । त्यस्तै सप्तरी घर भएका ३२ वर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थ बरामद गरिएको एसपी बोहराले जानकारी दिए । आरोपीहरू विरुद्ध १० दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।ज्ञानेश

    • प्रकाशित मितिः असार २३, २०८२
    • 491 पटक पढिएको
  • एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

     काठमाडौं  । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।आइतबार राती उनीहरु काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए । सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो । नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो।नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको थियो। रौनक श्रीवास्तव प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए। 

    • प्रकाशित मितिः असार २३, २०८२
    • 323 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । गत असार १६ देखि शुरू भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।हिजोको बैठकमा सह महामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भ

    • प्रकाशित मितिः असार २३, २०८२
    • 299 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.