एजेन्शी । भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।आगलागीमा परी कैयौँ व्यक्ति हराइरहेको बताइएको छ । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १७७ किलोमिटर दक्षिणमा पर्ने रायगढ जिल्लामा रहेको महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) महाडमा रहेको ब्लु जेट हेल्थकेयर कारखानामा शुक्रबार विस्फोट भएपछि आगलागी भएको थियो ।यस घटनापछि अधिकारीहरूले अग्नि नियन्त्रक विभागका अधिकारीहरू र राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारीहरूलाई उद्धार कार
काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीया प्रकास बुढा
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।भूकम्पमा परी जाजरकोटमा १०५ जना, रुकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका डिएसी थापाले जानकारी दिए। घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको भेरी अस्पताल नेपालग
काठमाण्डौ । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चडेको गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीमा मोटरसाइकल ठक्कर हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ। बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णा
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू
काठमाण्डौ । जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।पछिल्लो प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या दुइ सयभन्दा माथि पुगिसकेको छ।भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो।रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको बताइन्।आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर
काठमाण्डौ । अधिक भार बोक्ने १२ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको मात्राभन्दा बढी लोड गरेर ल्याइएको १२ वटा टिपरलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सवारी जाँच गर्ने क्रममा तोकिएको मात्राभन्दा बढी सामान लोड गरेर ल्याइएको ८० वटा टिपरबाट सामान कटिङ गरिनुको साथै कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, पाँचखालमा मंगलबार राति प्रहरीले सवारी जाँच गर्दैगर्दा प्रहरीलाई छली भागेका १२ वटा टिपरलाई धुलिखेलबाट नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएको टिप
काठमाण्डौ । शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। ६.४ म्याग्निच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११: ४७ मिनेटमा गएको छ।नेपाल एपिएफ अस्पताल बलम्बुबाट ९ जनाको मेडिकल टोली जाजरकोट गएका छन्। शनिबार अस्पतालका डा.रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टोली जाजरकोट गएको हो। उनीहरु नेपाली सेनाको स्काइ ट्रक मार्फत जाजरकोट गएको सशस्त्र प्रहरीले जनाएको छ।जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ।जाजरकोटम
काठमाण्डौ । शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको रुकुमबाट अमरराज पुनले जनाएका छन् ।भूकम्पमा पारी जाजरकोटमा मात्र ९३ जनाको मृत्यु भएको छ । यस्तै, ६५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए । यस्तै, भूकम्पमा परेर रुकुम पश्चिममा ३९ जनाको मृत्यु भएको छ । त्यहाँ ९० जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ । यस्तै, भूकम्पमा परी १५५ जना घाइते भएका छन् ।
काठमाण्डौ । सरकारले जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकोप्टर पठाउने तयारी गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकोप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ । भूकम्पबाट क्षति भएका थप विवरणहरू आइरहेका छन् । भूकम्पका कारण जाजरकोटमा सयौँ घाइते भएका छन् । स्वास्थ्यकर्मी र औषधिको अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतबाट स्वास्थ्यकर्मी तथा औषधि पठाउन ल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.