समाचार

    Showing 1,221-1,230 of 18,996 items.
  • नेप्से ९.६१ अंकले बढ्यो,कारोबार रकममा पनि सामान्य वृद्धि

    काठमाडौं— साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा रोकिएको थियो । आजको बजारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.५४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ । मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको बजारमा यस दिन कूल ३ सय २२ स्टकको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । यो किनबेच ९१ हजार ७ सय ५ पटकको कारोबारमा भएको हो । यसदिन ४ वटा कम्पनिको सेयर सकारात्मक सर्किट

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 281 पटक पढिएको
  • मुगुमा ११ औँ राष्ट्रिय उद्योग दिवसः १२ सफल उद्योगी सम्मानित

    मुगु— ‘औद्योगिक वातावरण सुधार दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मुगु जिल्लाको गमगढीमा आयोजित कार्यक्रममा ११ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका १२ जना सफल उद्योगीलाई सम्मान गरिएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अग्रणी उद्योगी–व्यवसायीलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको हो ।कार्यक्रममा कार्यालय प्रमुख कमल भट्टले पछाडि परेको मुगुमा उद्योगी–व्यवसायीको मनोबल बढाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार राडी–पाखी, सिलाइ–कटाइ, फर्निचर, चाउमिन, तरकार

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 295 पटक पढिएको
  • मन्त्रि घिसिङ भन्छन पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरु विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् । उनले भने,‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 290 पटक पढिएको
  • मुस्ताङमा सुरु भयो याकको सुकुटी बनाउने कार्य

    मुस्ताङ— हिउँदको सुरुवातसँगै मुस्ताङमा याकको सुकुटी बनाउने काम सुरु भएको छ । याकको सुकुटी बनाउने संस्कृती मुस्ताङवासीहरुको पहिचानसँग जोडिएको छ ।मुस्ताङमा तरकारीको ठूलो अभाव हुने भएकाले वर्षभरिका लागि सुकुटी तयार गर्ने प्रचलन छ । मुस्ताङवासीले यही परम्परालाई लामो समयदेखि निरन्तरता दिंदै आएकोे ८५ वर्षीय कालबहादुर थकालीले जानकारी दिए ।स्थानियहरुले सुकुटीलाई स्वादिलो र पोषिलो परिकारको रूपमा विशेष महत्व दिने गरेका छन् । यस वर्ष सुकुटीको माग बढेसँगै यसको मूल्य पनि चुलिएको छ । जोमसोमका याक व्यापारी पेम्बा रोकायका अनुसार प्रति गोटा याकको मूल्य १ लाख ५० हजार देखि १ लाख ७० हजार रुपैयाँ सम्म पुगेको छ ।सा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 335 पटक पढिएको
  • पर्सामा २१३ किलोग्राम गाँजा बरामद

    बीरगञ्ज  ।  पर्सा जिल्लामा सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालन भइरहेको लागुऔषध नियन्त्रण अभियान थप प्रभावकारी बन्दै गएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार रोकथाममा कडा निगरानी राख्दै निरन्तर अभियान चलाइरहेको छ।यही क्रममा, विशेष गुप्त सूचनाको आधारमा मिति मङ्सीर ९ गते सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, बटसौरा क्षेत्रमा ठूलो मात्रामा गाँजा बरामद गर्न सफल भएको छ। खेती क्षेत्रभित्र परालको कुन्युमा लुकाइ–छिपाइ राखिएको अवस्थामा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 359 पटक पढिएको
  • अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति

    काठमाडौं— अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ । लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् ।सखुवासभा जिल्लाको खाँदवारिमा सरोबारवालाहरुसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो । त्यसै गरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरुको सूची तयार पेश गर्ने छन् । भ

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 276 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार

    काठमाडौं— सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ ।तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । उनको निर्णय आजदेखि लागु भएको हो ।स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरि

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 268 पटक पढिएको
  • धनगढीमा एमाले नेता बस्नेविरुद्ध जेनजी युवाको प्रदर्शन

     कैलाली— धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर जेनजी युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए । “जेनजी युवामार्फत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सूचना आएको थियो । त्यसपछि प्रदर्शन क्षेत्रको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले भने । तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए । यसअघि ४ मंसिरमा बारामा पनि बस्नेतविरुद्ध जेनजी युवाले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 332 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिदः जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

    काठमाडौँ। बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आउनुभएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो । गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उहाँको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर गरेकाले त्यसकै कारण ‘बे्रन डेड’ भई मृत्यु भएको थियो ।आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाउनुभएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म पनि रसाएका छन् । छिमेकी र आफन्तले सात्वना दिन आउँदा पनि उहाँ सम्हालि

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 176 पटक पढिएको
  • गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

    चितवन। आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका  वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो ।  उहाँका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन् ।ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ । यसलाई ग्री

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 227 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा