समाचार

    Showing 1,221-1,230 of 26,787 items.
  • राष्ट्र बैंकको नयाँ व्यवस्थास् भारु २ र ५ सयका नोट नेपालमा चल्ने

    काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार तथा ओसारपसारसम्बन्धी नयाँ व्यवस्था लागू गर्दै भारतीय २ सय र ५ सय रुपैयाँका नोट नेपालमा प्रयोग गर्न खुला गरेको छ।राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २ सय र ५ सय रुपैयाँका नोट मात्रै नेपालमा वैधानिक रूपमा प्रयोग गर्न पाइनेछ। सो मितिभन्दा अघि जारी भएका त्यस्ता नोट भने अझै प्रतिबन्धित रहनेछन्।नयाँ व्यवस्थाअनुसार नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन, लैजान र सटही गर्न सक्नेछन्। तोकिएको सीमाभन्दा बढी रकम भए भन्सारमा अनिवार्य घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएक

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 206 पटक पढिएको
  • इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् । शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताएका हुन् । उनले भने, ‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ । म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु ।’ उनले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लाग

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 168 पटक पढिएको
  • बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग अवरुद्ध

    बाजुरा / बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ। सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहित विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन्। जोखिमको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। प्रहरीले जोखिममा परेका नागरिकको सुरक्षित उद्धार गर्नुका साथै प्रभावित परिवारको

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 558 पटक पढिएको
  • हिंसाको जोखिम देखेपछि सोनम वाङ्चुकले गरे अनसन स्थगित

    काठमाडौं / भारतीय सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिनदेखि जारी आमरण अनसन अन्त्य गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले केन्द्रीय मन्त्री  जे.पी. नड्डा, डा. जितेन्द्र सिंहलगायत वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडिएको जानकारी दिएका हुन्। वाङ्चुकका अनुसार विभिन्न राजनीतिक दलका ६५ सांसदले पत्र लेखेर अनसन अन्त्य गर्न आग्रह गरेका थिए। त्यसपछि भएको छलफल, केही सहमति र देशमा सम्भावित हिंसाको जोखिमलाई मध्यनजर गर्दै अनसन अन्त्य गर्ने निर्णय लिइएको उनले बताएका छन्।उनले सहमतिका सबै बुँदाबारे चाँडै भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन्। साथै समर्थकहरूलाई शान्तिपूर्ण रूप

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 190 पटक पढिएको
  • स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आर्थिक अनियमिततामा शून्य सहनशीलता

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाएको छ।रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचनामा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न पनि सांसदहरूलाई निर्देशन दिइएको छ।आचार्यका अनुसार नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण बायोडाटा र शैक्षिक योग्यताका प्रमाणपत्रको

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 156 पटक पढिएको
  • विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

    भद्रपुर। झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिनुभयो । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय  खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उप

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 366 पटक पढिएको
  • प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्नुहुनेभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनुहुनेछ । प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपा

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 213 पटक पढिएको
  • ‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

    काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ ।सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो । कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने ।’ सोही निर्णयअनुसार त्यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । ती वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ । यो वर्षको फिफा विश्वकप आयोजन

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 252 पटक पढिएको
  • वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।इलाम नगरपालिका–९

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 245 पटक पढिएको
  • मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 376 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.