समाचार

    Showing 1,061-1,070 of 26,787 items.
  • लुम्बिनी प्रदेशः केही मन्त्रालय खारेज, केही समायोजन

    दाङ। लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको हो । लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालय र आठ मन्त्रालय रहनेछन् । नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्राल

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 196 पटक पढिएको
  • सार्वजनिक ऐलानी जग्गामा आठ हजार बिरुवा रोपियो

    वीरगञ्ज। पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षरोपण गरेको छ । गाउँपालिकाले वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै बुधबार वडा नं ६ औराहास्थित आठ बिगाहा सार्वजनिक ऐलानी पर्ती जग्गामा आठ हजार बिरुवा रोपेको हो । ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहगनी, अम्बा, टिक र सिसौलगायतका विभिन्न प्रजातिका आठ हजार बिरुवा रोपिएको गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवले जानकारी दिनुभयो । वृक्षरोपण गरिएको क्षेत्रलाई तारबार गरी संरक्षणको व्यवस्था गरिएको छ । वन तथा वातावरण संरक्षणमा उत्कृष्ट काम गरेकामा  सङ्घीय सरकारबाट सम्मानसमेत

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 180 पटक पढिएको
  • बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न

    काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को क्षेत्रीय सहयोग, एकीकरण तथा साझा समृद्धिका लागि जनस्तरबीचको सम्पर्क सुदृढीकरण विषयक संवाद कार्यक्रम आज सम्पन्न भएको छ ।  उक्त कार्यक्रम बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो ।  परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मुख्य वक्तव्य दिँदै बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत तीन दशकमा बिम्स्टेकले हासिल गरेका उपलब्धि, जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो ।  उ

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 201 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपै

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 275 पटक पढिएको
  • कविता : "देवानगञ्जमा गोली चल्यो"

    कविता : "देवानगञ्जमा गोली चल्यो"देवानगञ्जमा गोली चल्योतर एउटा शरीर ढल्यो ,घाइते भए विश्वास,रगताम्य भए मनहरू,आँसुलेभिज्यो अनुहारहरु।पर्खालमा लेखिएका नाराहरूले सोधिरहेका थिए—"किन भाइले भाइलाई चिन्न छाड्यो?"किन एउटा अफवाहलेदशकौँको छिमेकलाईएकै साँझ अपरिचित बनाइ दियो?हिजोसम्म एउटै इनारको पानी पिउनेहरू,एउटै खेतको डिलमा हाँस्नेहरू,दिवालीको मिठाई र इदको सेवई साट्नेहरू,आज किनएकअर्काको नाममै डर खोज्न थाले?गोलीको आवाजभन्दा ठूलो थियोएउटी आमाको चिच्याहट,एउटा बालकको प्रश्न—"बुबा, अब हाम्रो घर पनि जल्छ?"उत्तर थिएन।थियो केवल धुवाँ,र खरानीमाथि उभिएको लोकतन्त्र।हे देवानगञ्ज!तिम्रो पीडा&

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 172 पटक पढिएको
  • राष्ट्र बैंकको स्वायत्ततामाथि नयाँ बहस बोर्डमा अर्थसचिव रहने कि हट्ने?

    काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संशोधनको बहसले अहिले केन्द्रीय बैंकको स्वतन्त्रता र सरकारको भूमिकालाई केन्द्रमा ल्याएको छ। संसद्को अर्थ समितिमा विचाराधीन विधेयकमा राष्ट्र बैंकको सञ्चालक समितिबाट अर्थसचिवको प्रतिनिधित्व हटाउने प्रस्तावमाथि तीव्र बहस भइरहेको छ।विज्ञहरूका अनुसार मौद्रिक नीति बनाउने निकायमा सरकारकै शीर्ष कर्मचारीको प्रत्यक्ष सहभागिताले राष्ट्र बैंकको निर्णय प्रक्रियामा सरकारी प्रभाव बढ्ने जोखिम हुन्छ। त्यसैले केन्द्रीय बैंकलाई राजनीतिक दबाबबाट मुक्त राख्न अर्थसचिवको अनिवार्य प्रतिनिधित्व हटाएर स्वतन्त्र संरचना निर्माण गर्नुपर्ने माग बलियो बन्दै गएको छ।अन्तर्राष्ट्रिय अभ्यास पनि य

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 204 पटक पढिएको
  • विश्व बाघ दिवस: नेपालमा बाघको संख्या ४२९

    काठमाडौं । नेपालले वन्यजन्तु संरक्षणमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। पछिल्लो राष्ट्रिय गणनाअनुसार देशभर बाघको संख्या बढेर ४२९ पुगेको छ। चार वर्षअघिको तुलनामा उल्लेखनीय वृद्धि भएको यो तथ्यांकले संरक्षण प्रयास सफल बन्दै गएको संकेत दिएको छ।विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिएको विवरणअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै १४५ बाघ रहेका छन्। त्यसपछि बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० बाघ भेटिएका छन्। सन् २०२२ मा देशभर ३५५ बाघ रहेकोमा अहिले यो संख्या ४२९ पुगेको हो।वन तथा वातावरण क्षेत्रका अधिकारीहरूका अनुसार बाघको बासस्थान संरक्षण, चोरी–सिकार नियन्त्रण, शिकार

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 88 पटक पढिएको
  • मासु उद्योगमा नियमन कडाइ, गुणस्तर मापदण्डले बजारको संरचना बदल्ने

    काठमाडौं— सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने संकेत देखिएको छ ।कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ऐन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएकी छन् भने पशु सेवा विभागले कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ ।सरकारको यो कदमलाई उपभोक्ता स्वास्थ्य सुरक्षासँगै मासु उद्योगको संरचनागत सुधारका रूपमा हेरिएको छ । हाल देशका अधिकांश क्षेत्रमा पशु वध, मासु ढुवानी र बिक्री वितरण परम्परागत ढंगबाट हुँदै आएको छ । ऐन लागू भएपछि वधशाला सञ्चालन, पशुको स्वास्थ्य परीक्षण, मासुको भण्डार

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 453 पटक पढिएको
  • शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।सुनसरी घटनालगायत विषयमा छलफल गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला प्रधानमन्त्री वालेन्द्र शाहले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा आफूले बैठकमा जोड दिएको बताउनुभयो ।“धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षाँैदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ । शान्ति, सद्भ

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 202 पटक पढिएको
  • नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

    काठमाडौं— नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दायर गरी कारबाही नगरिएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्याय भएको तथा वार्तामा सहभागी चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुव्र्यवहार भएको उल्लेख गरेको छ । स

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 400 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.