समाचार

    Showing 10,501-10,510 of 25,720 items.
  • शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

    काठमाडौं— शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ । योग्यताका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी मात्रै आवेदन दिन सक्नेछन् ।हकप्रद शेयर खरिदका लागि सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा तथा सि–आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । यस

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 610 पटक पढिएको
  • रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

    काठमाडौं— ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे सभापति कुसुमदेवी थापाको अध्यक्षतामा बसेको समितिको बैठकमा वन तथा वातावरण मन्त्रालय, अपर तामाकोशी हाइड्रोपावरका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल भएको थियो ।छलफलपछि समितिले आयोजना निर्माण सुचारु गर्न आवश्यक वातावरणीय व्यवस्थापन योजना परिमार्जनसहित सहजीकरण गर्न निर्देशन दिएको हो । यससँगै २०७९ साल चैत ५ गते स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 725 पटक पढिएको
  • अभियानता सुनारले रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको विरुद्धको हस्ताक्षर गर्दै

    काठमाडौं— दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आज हस्ताक्षर गर्दै छन् । उनले बिहीबार दिउँसो १ बजे रास्वपाको पार्टी कार्यालय वनस्थलीमा गएर हस्ताक्षर अभियानमा सहभागी जनाउन लागेको हुन् । ्सभापति लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको हस्ताक्षर अभियान सुरु गरेको हो । 

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 669 पटक पढिएको
  • बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

    काठमाडौं— बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू र मेराशेयरमार्फत दिन सकिन्छ ।यस आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी’ रेटिङ दिँदै कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको बताएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 582 पटक पढिएको
  • दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा

    काठमाडौं— दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ। बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 490 पटक पढिएको
  • पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल भदौ अन्तिम सातामा हुने

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।चावहिल स्पोट्र्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल म

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 590 पटक पढिएको
  • खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

    काठमाडौं— नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ । औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्न

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 563 पटक पढिएको
  • एएफसी यू–२३ एसियन कप छनोटः पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

    काठमाडौं— एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ। बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो।ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक–एक गोल गरेका थिए।समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 673 पटक पढिएको
  • इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने

    काठमाडौं— समृद्धि स्कुलको आयोजनामा इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिाए । १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन् । भारतबाट २० खेलाडी आउने छन् ।टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने छ । कुमुतेमा उत्कृष्ट पुरुष÷महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 723 पटक पढिएको
  • पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन

    काठमाडौं— नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख  किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको ग

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 627 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.