काठमाडौं–धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सीखोला थुनिएको थियो । आज बिहानदेखि खोला बग्न थालेको छ । वडाध्यक्ष गौतम शेरचनका अनुसार‚ हिउँपहिरोले बोक्सीखोलालाई पूरै थुनिएको थियो र अहिले खोलामा पानीको मात्रा बढिरहेको छ ।तटीय क्षेत्रमा नौवटा घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले मानवीय र भौतिक क्षति गरेको छैन । बोक्सीखोलामा हिउँ पहिरो पुन: थपिएको हुँदा पग्लन समय लाग्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको जनाएका छन् ।अघिल्लो वर्षको हिमपहिरोले थासाङ गाउँपालिका
काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घमा थप ५१ जना सदस्य मनोनित गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५१ जनालाई मनोनयन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, यसअघि सभापति देउवाले उक्त तदर्थ कार्यसमितिमा दुई सय ३३ सदस्य थप गरेका थिए । यससँगै महासङ्घको तदर्थ कार्यसमिति अझै विस्तार भएको छ ।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ ।महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, मधेश, बाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बा
काठमाडौं–कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये एकजनाको शव फेला परेको छ । ३७ वर्षीय इरिक कासानोभासको शव भुरुङ्दी खोलामा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । इरिक र ३२ वर्षीया मोलास जुन्का मेसी अन्नपूर्ण पदमार्ग हुँदै उल्लेरीबाट घोरेपानी जाँदै गर्दा बेपत्ता भएका थिए । मोलासको खोजी कार्य अझै जारी रहेको छ । सशस्त्र प्रहरी‚ नेपाल प्रहरी‚ र स्थानीयवासीको टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् । घटनाको जानकारी सम्बन्धित देशको राजदूतावासमा गराइएको छ ।
सोलुखुम्बु- सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।गत साउन २६ गते थामेमा हिमताल फुटेर बाढी आउँदा फसेका स्थानीयको उद्धारमा खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आज पुरस्कृत गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् ।उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा भूमिका निर्वाह गरेकाल
म्याग्दी- दुई दिनदेखि बन्द रहेको पश्चिम म्याग्दीको बेनी-दरबाङ सडक आज बिहानदेखि खुलेको छ । बेनी नगरपालिका-४ तातोपानी र मङ्गला गाउँपालिका-२ सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट पहिरो खसेपछि सडक शनिवारदेखि अवरुद्ध रहेको थियो । वर्षासँगै सडकमा खसेर थुप्रिएको ढुङ्गा, माटो र गेगरलाई एक्स्काभेटरको सहयताले हटाएपछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोको अवरोध पन्छाएर सडक खुलेपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । सडक खुलेसँगै पहिरोका कारण बीच सडकमा रोकिएका गाडीहरु आ-
काठमाडौं–सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सुनकोशी नदीमा दुई दिनअघि जिप खसेर बेपत्ता भएका तीन जना यात्रु अझै फेला परेका छैनन् । सशस्त्र प्रहरी बल, जनपद प्रहरी, र स्थानीयहरूको सहकार्यमा सोमबार पनि खोजी कार्य जारी राखिए पनि उनीहरूलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।शनिबार बेलुका खोटाङको हलेसीबाट काठमाडौँ आउादै गरेको चार जना सवार प्र.नं. ३–०१–०२३ च ६३६६ नम्बरको जिप अनियन्त्रित भई सुनकोशी नदीमा खसेको थियो । बेपत्ता भएका भक्तपुर सूर्यविनायकका ३२ वर्षीय चालक अविन बडे सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवाको खोजी कार्य भइरहेको प्रहरीले जानक
काठमाडौं–सल्यानको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय दलबहादुर कार्की रहेका छन्।कालीमाटी गाउँपालिका–१ का वडा अध्यक्ष रविलाल खत्रीका अनुसार कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक थिए । हिजो साँझ ५ बजे घर नजिकै गोठालो जाँदा उनलाई चट्याङ लागेको थियो ।चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।
काठमाडौं–ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा नेपाल आएका अल्बुसैदीको भ्रमणका दौरान दुवै देशका विदेशमन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। हिजो अपराह्न दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका अल्बुसैदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । ओमानका विदेशम
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.