समाचार

    Showing 10,451-10,460 of 19,710 items.
  • ५६ किलो दुर्घटना : पैदल यात्रुको मृत्यु

    काठमाडौं–अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ९०६४ नम्बरको यात्रुवाहक बसले सडक पार गरिरहेकी एक महिलालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर‚ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । घटनामा संलग्न बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ । मृत महिला सडकमा मागी हिँड्ने गरेको प्रहरील

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 376 पटक पढिएको
  • संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूसँग छलफल

    काठमाडौं–संसदीय सुनुवाइ समितिले आज विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।समितिमा नौवटा उजुरी प्राप्त भएका छन् । सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार‚ भदौ १६ देखि २५ गतेसम्म प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ । साउन ३० मा १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरिएको थियो ।साउन १४ मा सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । समितिका सदस्यहरूले राजदूत सिफारिस संविधानको समानुपातिक समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 295 पटक पढिएको
  • फेसबुक पेज बनाउन मुख्यसचिव अर्याललाई प्रधानमन्त्रीको सुझाव

    काठमाडौं–सरकारले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह सचिव अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो ।नयाँ नियुक्त मुख्यसचिव अर्याललाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा डेलिभरी दिन‚ विकास आयोजनालाई अगाडि बढाउन र सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले नीतिगत नेतृत्व मात्र गर्ने भन्दै कार्यान्वयनको जिम्मेवारी कर्मचारी प्रशासनको काँधमा रहेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन र नागरिकका गुनासा तत्काल सम

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 387 पटक पढिएको
  • पाँचथर विस्फोट (अपडेट) : दुई बालबालिकाको मृत्यु

    काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा हिजो साँझ भएको बम विस्फोटमा ज्यान गुमाउनेहरूको संख्या दुई पुगेको छ । घटनामा घाइते भएका ११ वर्षीय दिप्सन साँवा र २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको हो । विस्फोटमा ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन घाइते भएका छन्‚ र उनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार‚ घरेलु ग्रिनेड विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा अर्को शंकास्पद वस्तु भेटिएको छ‚ जसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ । विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको हो । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी द

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 605 पटक पढिएको
  • बैतडीमा भारी वर्षा र पहिरोको जोखिम, कोशिमा चट्याङ लागेर दुईजना घाइते

    काठमाण्डौ  ।  कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै बैतडीमा भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ। त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले त्यस आस

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 492 पटक पढिएको
  • पाँचथर बम विस्फोट : बालिकाको मृत्यु‚ तीन बालक घाइते

    काठमाडौं–पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको बम विस्फोटमा परी २ वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको छ । विस्फोटमा परी घाइते प्रिन्साको झापाको बीएन्डसी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।घटनाका ११ वर्षीय‚ दिपशन साँवा गम्भीर घाइते छन् । दिपशनलाई थप उपचारका लागि झापाको बीएन्डसी अस्पतालमा रेफर गरिएको छ । सामान्य घाइते ११ वर्षीय‚ पबन राई र ७ वर्षीय दिपशन राईको पनि क्रमश: जिल्ला अस्पताल पाँचथर र स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको छ ।विस्फोट माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा घरमा भएको थियो । केरुङको त्यस घरमा स्थानीय ज्ञानबहादुरको परिवार बस्दै आएको थ

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 403 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशको पहाडी भू-भाग

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 330 पटक पढिएको
  • गृहमन्त्रीको निर्देशन : चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिनु

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव हुन नदिन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने उल्लेख गरे ।‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ?

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 301 पटक पढिएको
  • बाँकेमा बस दुर्घटना, २ जनाको मृत्यु

    कोहलपुर- बाँकेको नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ दुर्घटना भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए ।दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ ।बस अत्यधिक गतिमा रहेका कारण

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 359 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु

    तेह्रथुम   ।     तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । हिजो बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रक ब्रक फेल भई ओट लगाउने क्रममा ट्रकको चक्काले किच्दा सह-चालक सुनसरी इटहरीका ४५ बर्षीय रमानन्द चौधरीको घट्नास्थलमानै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न चालक रामधुनी नगरपालिका-४ का ४५ बर्षीय तेज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 231 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा