समाचार

    Showing 10,451-10,460 of 23,641 items.
  • सभापति खतिवडा भन्छन्- ‘दोषी देखिए कारबाही भोग्न तयार छु’

    काठमाडौं — संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भइसकेपछि प्रतिनिधि सभामा प्रस्तुत हुनुअघि एउटा दफा थपिएको खुलेको छ। यस घटनाले समितिका सभापति रामहरि खतिवडामाथि प्रश्न उठिरहेका बेला उनले आफैं छानबिनको माग गरेका छन्।सभापति खतिवडाले मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै समितिले पारित गरेको प्रतिवेदनमा कुनै सहमति विना पछिबाट एउटा दफा थपिएको जानकारी दिए। उनले यसलाई “संसदप्रति गम्भीर प्रहार” भन्दै दोषी जो भए पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने बताए।"हामीले जे पास गरेका थियौं, त्यसकै ठीक मुनि एउटा दफा थपिएको फेला पार्यौं," खतिवडाले भने, "यो कसको गल्तीबाट भय

    • प्रकाशित मितिः असार १७, २०८२
    • 225 पटक पढिएको
  • अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गरेको आरोपमा पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्डे छन् । आरोपित रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा  पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।  उनल

    • प्रकाशित मितिः असार १७, २०८२
    • 589 पटक पढिएको
  • पत्नी हत्या घटनाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ

    रौतहट— पत्नीको हत्या गरेको आरोप लागेका एक युवकलाई रौतहट प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। इशनाथ नगरपालिका–७ निवासी फैयाद मन्सुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीन वर्षअघि श्रीमतीको हत्या गरी गहुँ खेतमा फालेर फरार रहँदै आएका मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।उनले २०७८ माघ २६ गते २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।खातुनको शव इशनाथ नपा–४, मठियास्थित भगाई साह बनियाँको गहुँको खेतमा फेला परे पनि मन्सुरी फरार थिए। 

    • प्रकाशित मितिः असार १७, २०८२
    • 660 पटक पढिएको
  • ट्रक दुर्घटनामा हुँदा चालकको मृत्यु, सहचालक घाइते

    मकवानपुर— पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चार्जिङ प्वाइन्ट नजिकै कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला लिएर आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्रक चालक भारतको गाजीपुर जिल्ला, पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।उनका अनुसार ट्रकभित्र च्यापिएर अचेत भएका यादवलाई प्रहरीले उद्धार गरी तत्कालै हेटौँडा अस्पताल पुर्‍या

    • प्रकाशित मितिः असार १७, २०८२
    • 519 पटक पढिएको
  • उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

    काठमाडौं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा  आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।उनले भने, ‘राज्यले पनि यसलाई महत्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरि चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एरलाइन्स रा

    • प्रकाशित मितिः असार १७, २०८२
    • 449 पटक पढिएको
  • आम सञ्चार विधेयकको शंसोधन सुझाव प्रदेश सभालाई हस्तान्तरण

    विराटनगर— कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आम सञ्चार विधेयकमा नागरिक समाजको तर्फबाट संकलन भएको सुझाव बिषयगत समितिलाई हस्तान्तरण गरिएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले सोमवार कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विद्यायन समिति सभापति कमला दर्नाल र सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई बिधेयकको सुझाव हस्तान्तरण गरेको हो । कोकनले विभिन्न चरणमा कोशी सरकारले प्रदेश सभामा दर्ता गराएको विधेयकको मस्यौदामा नागरिक समाजको तर्फबाट पत्रकार, अधिकारकर्मी, सांसदहरुसँग सुझाव संकलन गरेको अध्यक्ष मन्जिता उपाध्यायले बताइन । उनका अनुसार विधेयकको छलफलमा सञ्चार विज्ञ कमल

    • प्रकाशित मितिः असार १७, २०८२
    • 439 पटक पढिएको
  • लालबन्दीमा नगर र वडा अनुदान शिक्षक ६ महिनादेखि तलबविहीन

    सर्लाही— जिल्लाको लालबन्दी नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तलबविहीन भएका छन् । अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकहरु ६ महिनादेखि तलबविहीन भएका हुन् । आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा समेत तलब नपाएपछि उनीहरूमा गहिरो असन्तोष र निराशा बढेको छ। सो नगरपालिका अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा कार्यरत नगर तथा वडा अनुदान अन्तर्गत नियुक्त शिक्षकहरूले विगत ६ महिनादेखि पारिश्रमिक नलिई काम गर्न बाध्य भएका छन्। शिक्षकहरू विद्यालयमा नियमित शिक्षण कार्यमा संलग्न रही आफ्नो जिम्मेवारी निर्वाह गरिरहे पनि तलब नपाउँदा दैनिक जीवनयापनमै समस्या परेको गुनासो गर्छन्। “हाम

    • प्रकाशित मितिः असार १७, २०८२
    • 1,105 पटक पढिएको
  • भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं -  एसिसी मेन्स यु–१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मंगलबार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो ।अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा

    • प्रकाशित मितिः असार १७, २०८२
    • 404 पटक पढिएको
  • बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण

    मकवानपुर  -  मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ । विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै

    • प्रकाशित मितिः असार १७, २०८२
    • 288 पटक पढिएको
  • चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छः ऊर्जामन्त्री खड्का

    काठमाडौं -  चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भविष्यमा चीनसँग उर्जा क्षेत्रमा थप सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन् ।एक साताको भ्रमण सकेर मन्त्री खड्का सोमबार नेपाल फर्किएका हुन् । चीन सरकार नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका बारेमा सहकार्य गर्न तयार रहेको उनले जानकारी गराए । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ ।‘मन्त्री खड्काले शाङ्हाई

    • प्रकाशित मितिः असार १७, २०८२
    • 311 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.