काठमाडौं–चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा आज बिहान भारतीय बस आर ०१ आई ६३७२ नम्बर र नेपाली ट्रक ग २ ख ११०८ नम्बर ठोक्किँदा ट्रकमा सवार तीनजना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ का २८ वर्षीय राजन क्षेत्री, बाराका मन्ज रावल, र आशिष चौरासिया रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, बसका सबै यात्रु सकुशल छन् । दुर्घटनापछि बस चालक फरार भएका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ । यद्यपि, अहिले सडकखण्डमा यातायात पुनः नियमित रूपमा सञ्चालनमा रहेको
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी, बागमती प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्था
काठमाण्डौ । युवाले भ्रष्टाचार विरुद्ध आज काठमाडौँमा भएको प्रदर्शनमा संसद् भवन खाली गर्न माग गर्दै नांगो जुलुस गरेका छन् ।युवाहरु अर्धनग्न भएर संसद भवन छिर्न खोज्दा प्रहरिसंग मुडभेड भएको थियो। सरकारको बिरोध गर्दै उल्टो गतिमा नाङ्गै हिडेर युबाहरुले बिरोध प्रदर्शन गरेका थिए।
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटनाएको छ। निगमले आज सार्वजनकि गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ , मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ ।पेट्रोल र मट्टितेलको मुल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५
काठमाडौं–सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन कानुनहरू परिमार्जन गर्ने योजना बनाएको बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सञ्चार क्षेत्रसँग सम्बन्धित पुराना कानुनलाई समयसापेक्ष संशोधन गर्दै नयाँ कानुन निर्माणमा सरकार अग्रसर रहेको बताए । राष्ट्रिय समाचार समिति‚ रेडियो नेपाल‚ नेपाल टेलिभिजन लगायतका संस्थाहरूलाई अद्यावधिक गर्न आवश्यक कानुन निर्माणमा सरकार लागिपरेको उनको भनाई थियो । सामाजिक सञ्जाल नियमन र साइबर अपराधसम्बन्धी कानुनहरू अन्तिम चरणमा रहेको बताउँदै उनले सार्वजनिक
काठमाडौं–गएराति खोटाङको ऐंसेलुखर्क गाउँपालिका–३ मा परेको चट्याङका कारण तीनजना गम्भीर घाइते भएका छन् । पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल‚ दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल‚ र ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी चट्याङको चपेटामा परेका हुन् । डेनिस र अनिसा आफ्नै घरमा र समीक्षा आफ्नो घरमा बसिरहेको समयमा चट्याङले उनीहरूलाई गम्भीर घाइते बनाएको हो । बेहोस भएका तीनैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक हरि बरालका अनुसार तीनैजनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र उनीहरू खतरामुक्त छन् । चट्याङले विद्युतीय सा
काठमाडौं–शनिबार (आज) बिहान मनाङ केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३:४७ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको झट्का लमजुङ‚ गोरखा‚ र तनहुँसम्मका स्थानीयले गरेका छन् । यसअघि‚ भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै प्रदेशको एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशको पहाडी भ
पाँचथर- पाँचथरमा दुई बालबालिकाको ज्यानजाने गरी भएको बिस्फोटको घटनाप्रति राष्टिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।पाँचथरको फालेलुङ्ग गाउँपालिका- ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोट हुँदा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो । विष्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । घटनाको कोशी प्रदेश कार्यालय मार्फत अनुगमन गरिरहेको उल्
काठमाडौं–काठमाडौंमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साहीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.