समाचार

    Showing 10,441-10,450 of 23,641 items.
  • विदेशमा नेपाली बाबुछोराको बदमासी, चर्चित खेलाडीको नाममा फेसबुक आईडी खोली वृद्धाबाट १० लाख ठगी

    काठमाडौं— जापानको टोकियोमा चर्चित बेसबल खेलाडी ओहतानी शोहेईको नाम र फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी खोली ८० वर्षीया वृद्धाबाट १० लाख येन ठगी गरेको आरोपमा नेपाली बाबुछोरा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ४४ वर्षीय बुबा र २६ वर्षीय छोरा रहेका छन् । उनीहरूलाई जापान प्रहरीले २४ जुनमा पक्राउ गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यम निप्पोन न्युज २४ जापानले उल्लेख गरेका छन् ।प्रहरीका अनुसार उनीहरूले सुरुमा ओहतानीको तस्बिर प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाएर वृद्धालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि ‘लाइन’ एपमार्फत पनि सम्पर्क गर्दै आफूलाई ओहतानीको रूपमा चिनाएका थिए ।मेसेजमार्फत वृद्धालाई ‘म व

    • प्रकाशित मितिः असार १८, २०८२
    • 438 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३४ प

    • प्रकाशित मितिः असार १८, २०८२
    • 341 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।   देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा  भइरहेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,

    • प्रकाशित मितिः असार १८, २०८२
    • 242 पटक पढिएको
  • झापामा आठ जनामा कोरोना संक्रमण भएका व्यक्ति भेटिए

    झापा— झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जनाएको छ। कोरोना संक्रमण पुष्टि हुनेमा झापाका पाँच तथा मोरङ, इलाम र दोलखाका एक(एक जना रहेको बाराकोटीले जानकारी दिए ।झापामा कोरोना संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकडभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्,' उनले भने, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'उनका अनुसार झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासह

    • प्रकाशित मितिः असार १७, २०८२
    • 621 पटक पढिएको
  • सुन जस्तो देखिने पहेँलो धातुका गहना देखाई ठगी गर्ने १ जना पक्राउ

    काठमाडौं— सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर रहेकी छन् ।उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् । असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।आरोपी मगरले  ‘प्रहरी हुँ’ भनेर प्रहरी सहायक निरीक्षक (असई)को तस्बिर देखाएर समेत ठग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल&nb

    • प्रकाशित मितिः असार १७, २०८२
    • 842 पटक पढिएको
  • कुखुराको मासु खाँदा बाँकेको खजुरामा १३ जना बिरामी

    बाँके— भारतबाट आयात गरिएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना व्यक्ति बिरामी परेका छन्। खजुरा ४ एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भएका उनीहरु बिरामी भएका हुन् । उक्त कार्यक्रममा खाएको मासुका कारण उनीहरू बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ। वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीका अनुसार बिरामी परेका मध्ये धेरैजसोले कुखुराको मासु, पुलाउ, र राजमा खाएका थिए। बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कुखुराको मासु खानेहरू मात्र बिरामी परेका छन् । खानामा (पुलाउ, तरकारी, अचार) खानेहरू सामान्य रहेको स्वास्थ्यकर्मीक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 664 पटक पढिएको
  • बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सविनलाई काठमाडौं १६ वनस्थलीबाट सोमबार र दिनेशलाई काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो।जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सोमबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउमध्ये सविनलाई आवश्यक अनुसन्धान तथा कारव

    • प्रकाशित मितिः असार १७, २०८२
    • 509 पटक पढिएको
  • सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन् । मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरुले बैठकमा प्रतिवेदनहरु नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन् । उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन् । त्यतिबेलासम्म त्यो कायम रहन्छ रहिरहयो । कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरु उम्किन खोज्ने मात्र हो । मिडियामा आएको विषयमा, नपढिकन र बाहिर आएका कुरा मात्र बोल्ने वा कुनै एक नेताले भनेको कुराको आधारमा बोल्न

    • प्रकाशित मितिः असार १७, २०८२
    • 301 पटक पढिएको
  • नेपालको प्रचण्ड प्रदर्शन: भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनलमा प्रवेश

    काठमाडौँ – मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो । यो जीतसँगै आफ्नो समूहमा नेपाल अपराजित रहेर सेमिफाइनलमा पुगेको छ ।नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६० रन मात्र जोड्न सक्यो । नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए ।भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । ११ औँ नम्बरमा आउने ब्याटर घाइते भएकाले ९ विकेट खसेपछि भुटानको इनिङ समाप्त गरिएको थियो ।आजको म्याचमा टस जितेर पहिले ब्याटिङ गरेक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 478 पटक पढिएको
  • प्रतिबन्धित लागु औषधसहित विभिन्न ठाउँबाट १३ जना पक्राउ

    मकवानपुर— मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् ।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बुद्धिबहादुर, अरुण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।अवैध लागुऔषधसहित ९ जना पक्राउझापाको बिर्ता

    • प्रकाशित मितिः असार १७, २०८२
    • 571 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.