राजनीति

    Showing 5,391-5,400 of 10,341 items.
  • तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ ।शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरेका छन् ।उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 305 पटक पढिएको
  • बालेनले पूर्वराजालाई तोके ७ लाख ९३ हजार जरिवाना

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ। दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।राजावादी प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न पटक—पटक प्रयास गरेका थिए। पछि प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाउँदै प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेका थिए।प्रसाईंसँगै प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।आग

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 340 पटक पढिएको
  • २२ घण्टा बितिसक्दा पनि सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गर्न सकेन

    काठमाडौं—ं  राजावादी आन्दोनलका कमान्डर दुर्गा प्रसाईंलाई सरकारले अझै पक्राउ गर्न सकेको छैन । २२ घण्टा बिते पनि प्रसाईंलाई सरकारले पक्राउ गर्न सकेको छैन । मोबाइल स्वीचअफ गरेर फरार भएका प्रसाईंको अन्तिम लोकेसन पत्ता लगाए पनि प्रहरीले उनलाई दिउँसो १ बजेसम्म पक्राउ गर्न नसकेको बताएको छ । प्रहरीका अनुसार उनको अन्तिम लोकेसन ललितपुरको भैंसेपाटी देखिएको छ ।     जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार प्रसाईं हिजो साँझसम्म धर्मगुरु पुस्कर खतिवडाको घरमा थिए । त्यहाँबाट निस्किएका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 401 पटक पढिएको
  • समसामयिक घटनाक्रमको समीक्षा गर्न राप्रपाले बोलायो बैठक

    काठमाडौं—ं राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्नेछ ।समसामयिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए। शुक्रबार राजावादीको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । राजावादीको आान्दोलनपछिपार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन्। 

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 304 पटक पढिएको
  • राजावादीको आन्दोलनः दुईको मृत्यु, १४ ठाउँमा आगजनी र १५ सवारी साधन जलाए

    काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 519 पटक पढिएको
  • अमानवीय घटनाहरू गैरकानुनी तथा भर्त्सनायोग्य : गृह मन्त्रालय

    काठमाडौं— गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूद्वारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।'व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानुनी तथा घोर भर्त्सनायोग्य छन्,

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 384 पटक पढिएको
  • एकीकृत समाजवादीद्वारा घटनाको छानबिनको गरी दोषीलाई कारबाहीको माग

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गरेको छ ।पार्टीका उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आगलागी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरे । उनले भौतिक संरचना तोडफोड तथा हिंसात्मक कार्यको निन्दा गर्दै प्रारम्भिक चरणको छानबिन सुरू गरिएको बताए । उक्त घटनाबाट भएको नोक्सान तथा क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ ।विभिन्न धार्मिक सङ्घसंस्था तथा राजावादी समर्थकहरूले हिन्दू राष्ट्र पुनःस्थापनालगयत माग गर्दै जुलुस प्रदर्शन तथा आन्दोलनका क्रममा तीनकुनेमा प्र

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 469 पटक पढिएको
  • युवा सङ्घको महाधिवेशनको मिति तोकियो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशनको मिति तोकिएको छ । सङ्घको पदाधिकारी बैठकले आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । महाधिवेशनका लागि सङ्घका अध्यक्ष थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । महाधिवेशनले आगामी दुई वर्षका लागि १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको जनसङ्गठनको महाधिवेशन आगामी जेठ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइसकेको छ । अहिलेसम्म प्रेस चौतारी नेपाल र राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको म

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 371 पटक पढिएको
  • प्रदर्शनकारीले आगो लगाए जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा

    काठमाडौं— पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा रहेका केही गाडी पनि तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौेंले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 259 पटक पढिएको
  • १८ गते प्रधानमन्त्रीले संसदमा जवाफ दिने‚ संसद आइतबारदेखि चल्ने

    काठमाडौं— संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गते आइतबारको बैठकमा सम्बोधन गर्ने भएका छन्।शुक्रवार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकबीचको छलफलबाट यो सहमति जुटेको हो। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो। बर्खास्तीसँगै प्रतिपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन्। उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछिमात्र सदनको अवरोध हटाउने बताएका छन्। सरकार पक्षले भने स

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 425 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.