राजनीति

    Showing 5,371-5,380 of 10,341 items.
  • गणतन्त्र रक्षार्थ समाजवादी मोर्चाले अन्तरक्रिया र परामर्श गर्ने

    काठमाडौँ । समाजवादी मोर्चा नेपालले गणतन्त्रको रक्षा र पूर्वराजा समर्थकको अराजक गतिविधि नियन्त्रणका लागि दबाब दिने उद्देश्यले सम्पूर्ण गणतन्त्र पक्षधर राजनीतिक दलसँग अन्तरक्रिया र परामर्श गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मुख्यालय पेरिसडाँडामा आज बसेको मोर्चाको बैठकले जनाधिकार रक्षाका लागि जनतालाई जागरुक गराउँदै देशव्यापीरूपमा परिचालित गर्ने निर्णय गरेको मोर्चामा आबद्ध नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्माले जानकारी दिए ।बैठकले यही चैत १५ गते पूर्वराजा समर्थित समूहले गरेको तोडफोड र आगजनीको डिजाइन गर्ने, आयोजक र संलग्नलाई कडा कारबाही गर्न स

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 253 पटक पढिएको
  • सभापति रवि लामिछाने भन्छन दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै मेरो जित हो

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले ज्यूँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्।सोमबार पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरुलाई एकमुष्ट सम्बोधन गर्दै उनले भनेका छन्, ‘म यत्ति भन्न चाहन्छु यिनीहरुको दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार ।’उनले करिब ५ महिना अगाडि सरकारले जबरजस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै उठाएको स्मरण गर्दै भने, ‘एउटा जिल्लामा मुद्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 223 पटक पढिएको
  • संसद् कर्मचारीको गुण–दोषको टिप्पणी गर्ने स्थल होइनः प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रतिपक्ष दलहरुले गरिरहेको विरोधका कारण संसद्का महत्वपूर्ण काम अवरुद्ध भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय रहेको तथा  संसद्मा महत्वपूर्ण कानुनहरु पारित गर्नैैैपर्ने अवस्थामा कुनै एक कर्मचारीको विषयलाई मात्र लिएर संसद् अवरुद्ध गर्न नहुने स्पष्ट पारे ।प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनमा छुट्टाछुट्टै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीलाई हटाउने वा राख्ने विषय उसको गुण र दोषका आ

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 463 पटक पढिएको
  • माइतीघरमा राप्रपा नेताहरूको रिहा गर्न माग राख्दै प्रदर्शन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण भातृ संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । काठमाडौंको तीनकुने घटनामा राज्य पक्षले दमन गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेता लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहाको माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, घटनाको न्यायिक समिति बनाइ छानबिन गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका छन् ।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 286 पटक पढिएको
  • प्रचण्डले बोलाए पदाधिकारी बैठक

    काठमाडौं—  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुने शर्माले जानकारी दिए । फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएका छन् । चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ । फागु

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 322 पटक पढिएको
  • रवि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्कंदै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको ‘विशेष बैठक’ आज बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो ३ बजे सुरु हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।केन्द्रीय समिति बैठक दुई चरणमा बस्ने उनको भनाइ छ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,” झाले भने, “दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।”बैठकनिम्ति विभिन्न एजेन्डा तय गरिएको छ । पहिलो बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबाट धन्यवाद ज्ञापन गरिनेछ । त्यसपछि सभापति रवि लामिछानेको नेत

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 408 पटक पढिएको
  • विश्वप्रकाश शर्मा भन्छन संवैधानिक राजतन्त्र नरहने अनुभव कांग्रेससँग छ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र राख्ने प्रयासमा कांग्रेस असफल भएको बताएका छन् । तर, अब राजतन्त्र देशमा नफर्कने उनको भनाइ छ ।सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा शर्माले राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको बताए । उनले विगतमा कांग्रेसले विधानमै ' संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको बताए ।“पूर्वपञ्चहरू, आज तपाईंहरूलाई संवैधानिक राजतन्त्र चाहियो ? हिजो कांग्रेसले संवैधानिक राजतन्त्रलाई आदर्श बनाएर त्यसका लागि लड्दै गर्दा कांग्रेसलाई गोली ठोकिएको होइन?,” शर्माले प्रश्न गर

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 440 पटक पढिएको
  • थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा जानेबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।ओलीले मंगलबारबाट थाइल्यान्डको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकीबाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा महत्त्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरे

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 265 पटक पढिएको
  • कुलमानबारे प्रम ओली भन्छन् कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया हो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन् । उनले उक्त विषय संसद् अवरोधको कारक बन्न उचित नहुनेमा जोड दिए ।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए । विपक्षीका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको बताए ।“मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो,” उनले भने, “देशका महत्त्वपूर्ण विषयमा छलफल गरे

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 243 पटक पढिएको
  • प्रधानमन्त्रीको असंसदीय भाषा हटाउन राप्रपाको माग

    काठमाडौं—  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असंसदीय भाषा रेकर्डबाट हटाउन माग गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम २१ विरुद्ध होच्याउने, असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरे । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते एयरपोर्टमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताए ।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 368 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.