राजनीति

    Showing 5,341-5,350 of 9,621 items.
  • छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोच्दैछु : ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन्।  काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि केही तयारी चाहिने बताए। ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने रु भन्ने प्रश्नको जवाफमा ओलीले भने, रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ । तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’उनले आफूले नै पहिलो महिला

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 411 पटक पढिएको
  • मैले दिएको प्रमाणबाट आरोप पुष्टि हुन्न : रवि लामिछाने

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।'आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,' उनले भने, 'त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।'सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 591 पटक पढिएको
  • बस दुर्घटनाका घाइतेको उपचारमा कमी नहुने गृहमन्त्रीको दाबी

    काठमाडौँ- गृहमन्त्री रमेश लेखकले तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरूको जानकारी लिएका हुन् । शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका हुन् । सोही क्रममा गृहमन्त्री लेखकले घटना दुःखद भए पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए । उनले भने, ‘सडक दुर्घटनाहरू धेरै भइरहेका छन् । यही सिलसिलामा भारतबाट पर्यटकका रूपमा आउनुभएका मानिसको दुर्घटनामा मृत्यु भयो । नेपाली सेना, सशस्त्र प

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 494 पटक पढिएको
  • संलग्नताको आरोप पुष्टी नहुने गरी कागज बुझाएको छुः लामिछाने

    भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नताको आरोप पुष्टी नहुने गरी छानबिन समितिलाई कागजपत्र बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफ्नो संलग्नताका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । ’आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,’ उनले भने, ’त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।’सभापति लामिछानेसँग समितिले हिजो १० घण्टा लामो बयान लिएको थियो । उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्न

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 157 पटक पढिएको
  • सामाजिक सञ्जालमा आउने अमर्यादित विषय वाक स्वतन्त्रता हैन: प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आउने अमर्यादित अभिव्यक्ति वाक स्वतन्त्रताभित्र नपर्ने बताएका छन् । आज काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा कलाकार सुमन कोइरालाले सोधेको वाक स्वतन्त्रता के हो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्वाध सत्य कुरा सहि ढंगले देशका लागि जनताका लागि बोल्न पाउने कुरा नै वाक स्वतन्त्रता भएको बताए । उनले भने- ‘वाक स्वतन्त्रताका नाममा आजकाल सामाजिक सञ्जालहरुमा जे आइरहेको छ, हेर्न नसकिने, सुन्न नसकिने खालको जे आइरहेको छ यो वाक स्वतन्त्रता होइन, त्यसको दुरुपयोग हो ।’ प्रधानमन्त्रीले भने । उनले वाक स्वतन्त्रता भनेको सत्य कुरा बो

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 275 पटक पढिएको
  • माओवादीको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक आजपनि जारी

    काठमाडौं- नेकपा माओवादी केन्द्रको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक आजपनि जारी छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकमा समसामायिक राजनिति र पार्टीको आगामी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा पार्टीको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले धारणा राख्नेक्रम चलिरहेको छ । बैठक आज सम्पन्न हुनेछ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बस्नु अघि प्रदेश स्तरको परामर्श बैठक गर्र्ने निणर्य गरेको थियो । सोही अनुसार बैठक बोला

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 241 पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ- सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आर्थिक वर्ष २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।२०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो  जानकारी गराएका हुन् । त्यस्तै सरकारले २०८१ भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तानमा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता गुरुङकाअनुसार सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर स

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 604 पटक पढिएको
  • महिलाले पीडाबाट मुक्ति पाउन तीज मनाएको जस्तो लाग्छ ; माधव नेपाल

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरू व्याप्त रहेको बताएका छन्।शुक्रबार काठमाडौँमा तीज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको उल्लेख गरे। ‘अहिले नेपाली समाज र राजनीतिक जगतहरुमा थुप्रै विकृति, विसंगतिहरू विद्यमान छन्। त्यसले प्रत्येक परिवारलाई निकै ठूलो समस्यामा पारिरहेको छ। प्रत्येक परिवारका आफ्ना आफ्ना पीडा र वेदनाहरू छन्। त्यसमा पनि आर्थिक रुपमा विभिन्न भएकाहरु, सामाजिक रुपमा अपहेलित भएकाहरू, महिला समुदायहरू झनै ज्यादा

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 392 पटक पढिएको
  • विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना

    काठमाडौं- सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा आर्थिक वर्ष २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निणर्य गरेको छ ।शुक्रबार मन्त्रीपरिषद् बैठकका निणर्य सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको जानकारी गराएका हुन् । त्यस्तै सरकारले आगामी भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तान मा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निणर्य गरेको छ । यसैगरी नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिव ५

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 549 पटक पढिएको
  • संसदीय छानबिन समितिमा बयान दिन पुगे रवि

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन्।लामिछानेलाई आजको लागि समितिले बयानका लागि बोलाएको थियो। समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेसँग सोधपुछ र बयानका लिन लागेको हो।लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।समितिले आजै गोरखा नेटवर्कका सञ्चालक छविलाल जोशीको बयान लिएको थियो। छविको बयान सकेर समितिले रविको बयान स

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 563 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.