काठमाण्डौ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएकाछन्।संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। यो धारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यसै अनुसार मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिन लागेका हुन्। यसका लागि उनले बुधबार नै प्रदेश सभामा प्रस्ताव दर्ता गराएका थिए। मुख्यमन्त्
काठमाण्डौ / संसद विघटनका विषयमा सर्वोच्च अदालतमा जारी मुद्धाको राष्ट्रपति कार्यालयले जवाफ दिएको छ ।राष्ट्रपति कार्यालयले सर्वोच्चलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ दिंदै प्रधानमन्त्री पदमा दावी गर्ने कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको विश्वासको मत पाउने आधार नदेखिएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नसकिएको जनाएको छ ।राष्ट्रपतिको कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले संसद विघटनको मुद्धाका विषयमा लिखित जवाफ बुझाएका हुन् । जवाफमा भनिएको छ–‘ दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थन कर्ता भनिएका सदस्यहरु एक अर्कोको दोहोरो परेका, दलको निर्णय व
बिर्तामोड / नेपालका लागि नेपाली पार्टीले वाढी पहिरोका कारण भएको क्षति प्रति दुख व्यक्त गर्दै सरकारलाई उद्धार , व्यवस्थापन र उपचारमा सकृय बन्न आग्रह गरेको छ ।पार्टीका प्रवक्ता डा. विजय मिश्रले एक विज्ञप्ति जारी गरी विपतको यो घडीमा उद्धार, संरक्षण ,उपचार र सहयोगमा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई सकृय बन्न आग्रह गरेका हुन् । वाढी तथा पहिरोका कारण घरवार गुमाएकाको तत्काल व्यवस्थापन गर्न पनि सो पार्टीले माग गरेको छ ।विपतको समयमा सरकार एक्लैले केहि पनि गर्न नसक्ने भन्दै विज्ञप्तिमा मानवताको नाताले सबैलाई आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न पनि आमजनतालाई अपिल गरिएको छ ।मुलुक वर्षेनी बाढी तथ पहिरोको चप
काठमाडौं / माधव पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको आजै भर्चुअल बैठक बोलाएका हुन् ।वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई जवाफ दिंदै संसद विघटनको विषयमा परेको मुद्धामा शेरबहादुर देउवासहितका १४६ सांसदको दावी अनुसारको फैसला भए त्यसले पञ्चायती व्यवस्थाको पुनरागमन गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले बिहीबार अदालतलाई लिखित जवाफ गर्दै रिट निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत भएको समेत दावी गरेका छन् ।सर्वोच्चलाई दिएको जवाफमा संसदिय व्यवस्थामा प्रधानमन्त्री बनाउने र हटाउने अधिकार राष्ट्रपतिमा मात्रै रहेको दावी गर्दै राष्ट्रपतिको काम अदालतले गर्न नसक्ने र गरेको अवस्थामा संसदिय व्यवस्था नै खतरामा पर्ने तर्क गरिएको छ ।
काठमाडौं / सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ ।प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ए
काठमाण्डौ / कोरोना रोकथाम तथा नियन्त्रणका लागि हाल जारी निषेधाज्ञा र लकडाउनको सरकारले स्वरुप परिवर्तन गर्ने भएको छ । सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिकोले संक्रमण नियन्त्रण गर्न र मुलुकलाई गतिशिल बनाउँन अत्यावश्यक वस्तुको उत्पादन र आपूर्ति हुने गरी ‘स्मार्ट लक डाउन’मा जाने निर्णय गरेको हो ।समितिको दोस्रो वैठकले लकडाउन कायम राख्दै परिस्थितिको मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउँदै केही क्षेत्र खुला गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका कतार, साउदी अरे
बिर्तामोड / पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी र प्राकृतिक विपतको सबै मिलेर सामाना र न्युनिकरण गर्नुपर्ने बताएका छन् । एक सन्देश जारी गरी पुर्व राजा शाहले मनसुनको प्रारम्भमै भएको वर्षा र वाढी –पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।वितगमा कुनै घटना र परिस्थितिका विषयमा सन्देश जारी गर्ने क्रममा सरकारलाई आग्रह गर्ने गरेका पूर्वराजा शाहले यसपटकको सन्देशमा भने सबै पक्ष र सबै मिलेर विपतको न्युनिकरण गर्नु पर्ने बताएका छन् । उनले सबै पक्ष भनेर आफ्नो भूमिका खोजिरहेका जनता र राजनितिक दल समेतलाई सन्देशमा संकेत गरेका छन् ।जारी सन्देशमा भनिएको छ –मन
दाङ / नेकपा (एमाले)ले दाङ क्षेत्र नम्बर–३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य विमलाकुमारी खत्री ओलीलाई आज तीनदिने स्पष्टीकरण सोधेको छ ।गएको जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेका हुन् ।एमालेका तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा परी निधन भएपछि ओली पत्नी विमला नेकपाको तर्फबाट उपनिर्वाचनमा उम्मेदवार भई प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको लामो समयपछि विमलाले गएको वैशाखमा मुख्यमन्त्री शं
बुटवल / आफ्नै श्रीमतीको योजनामा कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या भएको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु – ६ को गोबरी सडक खण्डमा भएको नेता पाण्डेको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको हो । मोटरसाईकलमा सवार पाडेको एक अपरिचित समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरी पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डेसहितको समुह संलग्न रहेको जानकारी गराएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले पाण्डेकी श्रीमती महिमाले कपिलवस्तु १ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बत
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.