राजनीति

    Showing 3,501-3,510 of 10,315 items.
  • संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ । समिति सचिवालयका अनुसार घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 310 पटक पढिएको
  • राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज

    काठमाडौं— राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मल्टि इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्दै आएको ३० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना रोक्न माग गर्दै २०७९ वैशाख २७ गते सुम्पा तामाङसहितका व्यक्तिहरूले दायर गरेको रिटमाथि मंसिर ३ गते न्यायाधीश टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।सर्वोच्च अदालतका सहायक प्रवक्त निराजन पाण्डेले उक्त रिट खारेज भएसँगै राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युत आयोजनाहर

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 521 पटक पढिएको
  • मन्त्री घिसिङ भन्छन विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ

    काठमाडौं—  अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स  समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।मन्त्री घिसिङका अनुसार गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकारबारे गृहकार्य गरिरहेको छ । उनले निर्वाचन आयोग

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 459 पटक पढिएको
  • प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गरेको छ । जसपा नेपालले संविधान संशोधन, संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरुलाई अधिकार सम्पन्न गर्नुपर्नेदेखि जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरु सरकारले पुरा गर्नुपर्ने माग उठाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।  जसपा नेपालले भनेको छ, ‘संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 510 पटक पढिएको
  • निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

    चरिकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा उहाँले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार तयार छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । सरकारले निर्वाचनको वातावरण बनाउछ, यो सन्देश देशभर फैलाउन जरुरी छ ।”उहाँले सुशासमा सम्झौता नगर्ने भन्दै छ महिनाभित्र अनुभूति हुनेगरी काम गर्ने विश्

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 285 पटक पढिएको
  • बाजुराको हिमाली गाउँपालिकाद्वारा मुख्यमन्त्री शाहलाई २६ बुँदे ज्ञापन पत्र

    बाजुरा— बाजुराको सर्वाधिक विकट पालिकाको रुपमा परिचित हिमाली गाउँपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह समक्ष बुँदे ज्ञापन पत्र बुझाएको छ । प्रलेशका योजनाको सिलान्यास, प्रदेश सरकारले निर्माण गरिरहेका योजनाको अनुगमन तथा भेटघाटको क्रममा बाजुरा पुगेका मुख्यमन्त्री शाहलाई पालिकाले २६ बुँदे ज्ञापनपत्र बुझाएको हो।गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले मुख्यमन्त्री शाह समक्ष ज्ञापन पत्र बझाएका हुन । कुवाडी–विच्छ्या–रानीसैन–हिल्सा सिल्क रणनितिक सडक निर्माण,गाउँपालिकामा राष्ट्रि विद्युत प्रसारण लाईन विस्तार र कुवाडी खोलाको लघु जलविद्युत आयोजनाको पुनर्निर्माण,मौतर्ना मोटरेवल

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 520 पटक पढिएको
  • महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति

    विराटनगर— नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खुला प्रहार भएको बताएको छ ।आइतबार काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रममा जाँदै गर्दा विराटनगरमा युवाहरूले दुव्र्यवहार गर्दै रातो मसी छ्याप्ने, बाटो अवरुद्ध प्रयास गर्दै नाराबाजी समेत गरेका थिए । कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 435 पटक पढिएको
  • जेनजी युवाद्वारा प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् ।द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार सार्वजनिक भएको थियो ।प्

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 358 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०७ औँ बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ ।बैठकमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 448 पटक पढिएको
  • आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने?

    विराटनगर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन् ।कार्यक्रममा सहभागी विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए ।त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे । उनले विमानस्थलदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्त

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 283 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.