राजनीति

    Showing 3,361-3,370 of 10,315 items.
  • मधेश प्रदेशः सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै

    जनकपुर— मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए । मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौ, उनेल भने । सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ ।लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ । &

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 519 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 482 पटक पढिएको
  • मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

    काठमाडौं— मधेश प्रदेशका राजनीतिक दलहरूले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।एमाले बाहेक नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । नेपाली काँग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् । गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्र

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 464 पटक पढिएको
  • बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 437 पटक पढिएको
  • एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक शुक्रवार बस्दै

    काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका दुई समूह महेश कुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबिच एकता भएको थियो ।एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । उक्त कमिटीमा रहने १० जनाको नाम सार्वजनिक भइसकेको छ भने एक जनाको नाम चाँडै सार्वजनिक हुने बताइएको छ । पहिलो बैठकमा संघको काम कारबाहीलाई चुस्त दुरुस्त पार्ने र सहमति अनुसार १२ औँ महाधिवेशनका विषयमा पनि छलफल हुने छ । स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ,

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 435 पटक पढिएको
  • उपचारका क्रममा वडाध्यक्ष थापाको निधन

    काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 535 पटक पढिएको
  • प्रधानमन्त्री कार्की भन्छिन सरकार निर्वाचनको तयारीमा जुटिसक्यो

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन्।२२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरिन्। 'सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा स

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 401 पटक पढिएको
  • मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन निर्देशन

    सुर्खेत— कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ ।जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन निर्देशन दिएको हो ।कर्णाली प्रदेश सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि २०८२ मा व्यवस्था भए बमोजिम स्थानीय सरकारका साथै प्रदेशसभा सदस्यलाई सो निर्देशन दिएको हो ।यसअघि जभाभावी योजना छनोट गरेर टिपाउने चलनको अन्त्य गर्न प्रदेश सरकारले यो निर्देशन दिएको हो । जिल्लास्थित कार्यालयले स्थानीय तहलाई पत्राचार तथा सार्वजानिक सूचनामार्फत योजनाको नाम टि

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 452 पटक पढिएको
  • संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा

    काठमाडौं— संयुक्त नागरिक पार्टीले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि तयारी पूरा भएको घोषणा गर्दै सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ ।बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले २०८२ भदौ २३ गते जेन–जी नेतृत्वमा भएको ऐतिहासिक नागरिक आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा अन्तरिम नागरिक सरकारले निर्माण गरेको स्वस्थ राजनीतिक वातावरण को प्रशंसा गरेको हो ।पार्टीका अध्यक्ष दल मर्दन कामी र महासचिव डा. तेजबहादुर रोक्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ २३ पछि अवसान भएको ‘अलोकतान्त्रिक र भ्रष्ट शासन’ को अन्त्य सम्भव बनाउन भूमिका खेलेका सहिदप्रति श्रद्धाञ्जली तथा घाइ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 425 पटक पढिएको
  • रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

    सर्लाही— रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका – ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा – ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 350 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.