राजनीति

    Showing 2,751-2,760 of 10,305 items.
  • रौतहटमा निर्वाचन १५२ मतदानस्थल अतिसंवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा पारिँदै

    रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षा रणनीतिलाई तीव्र पारिएको छ।जिल्ला सुरक्षा समितिले जिल्लाका कुल २७७ मतदानस्थलमध्ये १५२ वटालाई ‘अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको हो।१५२ स्थल अतिसंवेदनशील मानिएका छन् भने १०० वटालाई संवेदनशील र बाँकी २५ वटालाई सामान्य सूचीमा राखिएको छ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले यसपटक रौतहटमा मतदान केन्द्रको संख

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 508 पटक पढिएको
  • आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् ।दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ ।यस्तै, दिनको १ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१९ औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 494 पटक पढिएको
  • एमाले सचिवालय बैठकः भावी प्रधानमन्त्रीका रूपमा ओली अगाडि, प्रदेश र जिल्लागत उम्मेदवार टुङ्गो

    काठमाडौं— शनिबार बसेको नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ।बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो ।पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लगाएको छ ।यस्तै, भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना उम्मेदवार सिफार

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 511 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो।रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै, बैठकमा विविध समसामयिक विषयहरूमा पनि छलफल हुने झाले जनाएका छन् ।रास्वपाले आगामी निर्वाचनको तयारी, रणनीति र संगठनात्मक विषयमा महत्त्वपूर्ण नि

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 433 पटक पढिएको
  • रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन

    काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरिएको हो ।विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन् ।उनले भने, ‘सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा काम गरिरहँदा यो सरकार निर्वाचन सफल गराउने भन्दापनि दुख गरेर सहकारीमा जम्मा गरिएका सहकारी ठग फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 253 पटक पढिएको
  • दुर्घटना न्यूनिकरण विशेष अभियानमै सरकारको उपस्थिति नहुनु दुःखद्

    काठमाडौं । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ‘दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ सञ्चालन गर्दा पनि यातायात मन्त्रालय र विभागहरुको उपस्थिति नरहेको बताएका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को समापन कार्यक्रममा उनले यस्तो भव्य कार्यक्रममा सरकारको तर्फबाट उपस्थिपत नहुँदा मन्त्रालय परमिट मात्र जारी गर्ने, विभागले पैसा मात्र उठाउने सबै काम ट्राफिक प्रहरी, यातायात मजदुर, यातायात व्यवसायी र आम नागरिकले गर्नुपर्ने प्रश्न उठेको बताए ।उनले भने, ‘पुष २६ गतेदेखि यति ठूलो

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 180 पटक पढिएको
  • जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईलाई

    रामेछाप । यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ भने गत वर्षको सोही पुरस्कार साहित्यकार मीना चौलागाईंलाई प्रदान गरिएको छ ।शनिबार मन्थलीमा सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा दुवै साहित्यकारलाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । जगदीश घिमिरे प्रतिष्ठानका अनुसार गत वर्ष पुरस्कार घोषणा हुन नसकेकाले यस वर्ष दुई वर्षका पुरस्कार एकै कार्यक्रममार्फत प्रदान गरिएको हो ।प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुरयाउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 236 पटक पढिएको
  • पत्रकारहरुले पनि देश चलाउन सक्छन भन्ने मान्यता स्थापित भएको छ : मन्त्री खरेल

    काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीले आवश्यक पर्योभने मन्त्रालय, वडा, पालिका र प्रदेश सबै चलाउन सक्ने मान्यताहरु स्थापित हुँदै गएको बताएका छन् ।शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले राज्य सञ्चालन भनेको सँधै राजनीतिकर्मीले मात्र गर्न सक्छन भन्ने पुरातन मूल्य र मान्यताहरु तोडिदै गएको भन्दै पत्रकारहरुले पनि देश चलाउन सक्ने मान्यताहरु स्थापित भएको बताए ।उनले भने, ‘राज्य सञ्चालन सँधै राजनीतिकर्मीले मात्र सक्छन्, जसले राजनीतिलाई नै मूल पेशा बनाएका छन् उनीहरुले मात्र गर्न सक्छन्, उनीहरुले मात्र गर्नुपर्छ र उनीहरु मात

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 159 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं : प्रवक्ता डा. महत

    काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् ।शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए ।उनले भने, ‘निर्वाचन आयोगले २०८२ माग २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून, नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको ठहर गरिएको छ । कथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य वैधानिकता, उपस्थ

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 177 पटक पढिएको
  • शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा छ : सभापति थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवाले अविभावकको भूमिका निार्वाह गरेर सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुपर्ने धारणा राखे ।उनले भने,‘हामीसँग थोरै समय छ, म पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अविभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला । हामी सबै एक ठाउँमा आउनुपर्छ ।’त्यस्तै उनले एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सकिने विश्वास दिलाए

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 231 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.