पत्रपत्रिका

    Showing ४७१-४८० of १,२६७ items.
  • ४ सय मेगावाट विद्युत खेर गयो, मासिक साढे दुई अर्ब रुपैयाँ घाटा

    काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिकवाट ) विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन।साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँ बराबर० विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युतको उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • २१५ पटक पढिएको
  • काठमाडौं प्रवेश मुख्य नाकाः सडकको अवस्था नाजुक

     काठमाडौं  (नागरिक दैनिकबाट )। स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ।उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ। भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ। दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ। तर दुर्भाग्य, नौबिसे–नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ।विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेख

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १८७ पटक पढिएको
  • कोरोना खोपः हालसम्म २८.२ प्रतिशतले मात्रै लगाए

     काठमाडौं  (नागरिक दैनिक बाट )। नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन्।१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन्। १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ।त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १७८ पटक पढिएको
  • तराई र पहाडी क्षेत्रमा २० प्रतिशत धानबाली क्षति

     काठमाडौं  (अन्नपूर्ण पोस्ट दैनिक बाट )। बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ। देशभर यसवर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलका अनुसार कुल बालीको करिब १५–२० प्रतिशतसम्म क्षति भएको प्रारम्भिक अनुमान गएिको छ।अझै लगातार पानी परिरहेकाले थप क्षति हुन सक्ने उनको अनुमान छ। कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको जनाएको छ। तर, धान भित्र्याउनुअघि नै अधिकां

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • २०३ पटक पढिएको
  • मुलुकभर अवरुद्ध भएका १४ सडक खुलाइँदै

     काठमाडौं  ( गोरखापत्र दैनिक बाट )। विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पुर्याएको सडक विभागले जनाएको छ ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिए ।वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको महानिर्देशक थापाले जानकारी दिए । त्यसैगरी उनले साँफेबग

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • २९४ पटक पढिएको
  • नेकपा एमाले महाधिवेशनको तयारीमा

     काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिकबाट )। विधान महाधिवेशन सकेर नेकपा एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ ।एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह (गाउँ/नगरपालिका) को अधिवेशन गर्ने जनाइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् ।एमालेको १०औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ ।  

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १८५ पटक पढिएको
  • रक्सी पिएर हल्ला गरेको भन्दै विकलाई कुटेर मारियो

    चितवन   (अन्नपूर्ण पोस्ट दैनिक बाट )। मानौं, कसैले रक्सी पिएर हल्ला गर्‍यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी । चितवनमा यस्तै घटना भएको छ। दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन्। उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ। यसो पिटेको खुत्रुक्कै गएछ।’दसैंको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक। करिब डेढसय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन्। तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन। प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुट

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २०२ पटक पढिएको
  • डेढ महीनामा चालक अनुमतिपत्रको कार्ड आइपुग्ने

     काठमाडौं   (आर्थिक अभियान दैनिकबाट )। लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर) मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन ।‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले बताएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । ‘कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ।चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले बताएको छ । विभागले

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १८८ पटक पढिएको
  • तिहारपछि सबै विद्यालय पूर्ण रुपमा खुल्ने

    बिर्तामोड (गोरखापत्र दैनिक) महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशैं तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताइन् ।नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिइन् ।अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उनको बुझाइ छ ।उनले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाइन् ।“खोपका लागि स्वाथ्य मन्त्र

    • प्रकाशित मितिः असोज २७, २०७८
    • २१६ पटक पढिएको
  • देउवाको व्यस्तताले ओझेलमा कांग्रेस महाधिवेशन

    काठमाडौं  / नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेसको १४औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा पर्दै गएको हो ।प्रधानमन्त्री देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा प्रधानमन्त्री देउवा पार्टीका काममा भन्दा बढी सरकार र गठबन्धनका काममा अल्झँदै आएका थिए । जसका कारण कांग्रेसल

    • प्रकाशित मितिः असोज २६, २०७८
    • २१७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.