पत्रपत्रिका

    Showing ४२१-४३० of १,२६७ items.
  • पेट्रोलियम प्रतिस्थापनलाई अवसर तर पूर्वाधार कमजोर

    बिर्तामोड (आजको कान्तिपुर दैनिकबाट)  विद्युत् प्रयोगलाई प्राथमिकता दिन भन्दै सरकारले २०७८र७९ को बजेटमार्फत विद्युतीय सामग्रीमा लाग्ने भन्सारदर घटायो । इन्डक्सन चुलो, रेफ्रिजेरेटर, हिटरजस्ता घरायसी प्रयोगका विद्युतीय सामग्रीमा १० प्रतिशतसम्म भन्सार घटाइएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत्को उपभोग बढाउन किस्ताबन्दीमा सस्तो मूल्यमा इन्डक्सन चुलो उपलब्ध गराउने योजना बनाइरहेकी छन् । उनका अनुसार मन्त्रालयले यसको प्रारम्भिक चरणका प्रक्रियागत काम थालिसकेको छ । मन्त्रालय तथा मातहतका निकायमा विद्युतीय सवारी मात्रै खरिद गर्ने र देशभर चार्जिङ स्टेसन बनाउने घोषणा पनि मन्त्री

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • २०८ पटक पढिएको
  • जबरालाई गेटमै छेक्ने बारको तयारी

    बिर्तामोड (आजको कान्तिपुर दैनिकबाट) नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को गेटबाट सर्वोच्च छिरेका थिए । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । ‘सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिन्छौं । गत शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके भने बाहिरै धर्नालाई जारी राख्छौं,’ उनले भने । अदालत भवन र नेपाल बार

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १९३ पटक पढिएको
  • भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ ९भारू २०० सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।बिहीवार साँझ भारतको ६ः३० बजेदेखि ६ः४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’भा

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • २१० पटक पढिएको
  • नेपालको जलवायु अनुकुलन कार्यक्रम अन्य मुलुकले अनुशरण गर्ने

     काठमाडौं   (गोरखापत्र दैनिक बाट )। जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् ।नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम (नापा) निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थानीय अनुकुलन कार्यक्रम (लापा) कार्यान्वायनमा ल्याएको थियो । लापा कार्यक्रम सञ्चालन गर्ने नेपाल अति कम विकसित मुलुकहरुमा पहिलो मुलुक भएको छ ।बेलायतको ग्लास्गो शहरमा जम्मा भएका जलवायु परिवर्तनका असरले ज्यादै जोखिममा परिरहेका र विपद् सामना

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १८८ पटक पढिएको
  • नेपालको जलवायु अनुकुलन कार्यक्रम अन्य मुलुकले अनुशरण गर्ने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् ।नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम ९नापा० निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थानीय अनुकुलन कार्यक्रम (लापा) कार्यान्वायनमा ल्याएको थियो । लापा कार्यक्रम सञ्चालन गर्ने नेपाल अति कम विकसित मुलुकहरुमा पहिलो मुलुक भएको छ ।बेलायतको ग्लास्गो शहरमा जम्मा भएका जलवायु परिवर्तनका असरले ज्यादै जोखिममा परिरहेका र विपद् सामना गरिरहेका मुलुकका प्

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १९२ पटक पढिएको
  • निरीक्षण गर्ने पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेट जडान

    बिर्तामोड (नागरिक दैनिकबाट) यातायात व्यवस्था विभागले नियमन तथा निरीक्षण गर्ने आवश्यक पूर्वाधार तयार नगरी आगामी मंसिर १ गतेदेखि नयाँ सवारीसाधन दर्तामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी मंसिर १ देखि नयाँ दर्ता हुने सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो।सरकारले पहिलो चरणमा वाग्मती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक सवारीसाधन,पर्यटन सवारी,निजी सवारी,सरकारी र संस्थानका सवारीसाधन नयाँ दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ।तर प्रदेश १ र

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • २१५ पटक पढिएको
  • कांग्रेसका परम्परागत गुट भत्किँदै

     काठमाडौं(  अन्नपूर्ण पोष्ट दैनिक बाट ) । नेपाली कांंग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् ।पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका छन् । शुक्रबार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन् । त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए सिंह व्यक्तिगत काम विशेषले काठमाडौँ बा

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १८३ पटक पढिएको
  • कार्यकर्ता खोसाखोसः जसपा र लोसपाको प्रतिस्पर्धा

     काठमाडौं (  नागरिक दैनिक बाट )। जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँ, तिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यहाँसम्म कि अघिल्लो दिन काठमाडौँ आएर भोलिपल्टै मधेश फर्कि

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १९६ पटक पढिएको
  • मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण गरिँदै

     काठमाडौं (  गोरखापत्र दैनिक बाट )। आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।मङ्सिर १ गत

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • २५० पटक पढिएको
  • कांग्रेस १४औं महाधिवेशनः नीतिभन्दा कुर्सी ठूलो

     काठमाडौं(  गोरखापत्र दैनिकबाट ) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन ।केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन ।महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने नेताहरूक

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १९९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.