कृषि

    Showing ४१-५० of ६०६ items.
  • कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    काँक्रेविहार। कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । हालसम्म १२ हजार १५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ ।निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार सम्भावित धानखेती हुने क्षेत्रफलको करिब २८ दशमलव १५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ । सबैभन्दा बढी जुम्लामा ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत, हुम्लामा ७५ प्रतिशत र मुगुमा ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।निर्देशक रोकायका अनुसार कालिकोटमा ४८ प्रतिशत, सल्यानमा ४३ प्रतिशत, रुकुम पश्चिममा ३५ प्रतिशत, जाजरकोटमा २० प्रतिशत, दैले

    • प्रकाशित मितिः असार १६, २०८३
    • २१६ पटक पढिएको
  • पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    तानसेन। एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् ।“हँ हँ माले हँ हँ, हँ हँ तारे गर्दै असार र साउन महिनामा खेतमा गोरु कुदाउने गर्थे, अघिअघि हली पछिपछि रोपाराले गीत गाउँदै खेत जोत्ने गरेको देख्दा रमाइलो लाग्थ्यो । हामीले पनि गोरु जोतैरै रोपाइँ गर्यौंं तर हिजोआज भने ट्याक्टरले जोत्न थाले”, घर्तीले भन्नुभयो, “अहिले गाउँमा हलगोरु भेट्याउनै मुस्किल पर्छ ।” गाउँमा अहिले एक–दुई हल गोरु मात्रै रहेका उहाँले बताउनुभयो ।आफूले ६० वर्ष पुग्दासम्म पनि हलगोरु पालेरै जोतेको घर्तीको भनाइ छ

    • प्रकाशित मितिः असार १६, २०८३
    • १९५ पटक पढिएको
  • धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छः कृषि सचिव मिश्र

    काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् । ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।उनले भने, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो।

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४६१ पटक पढिएको
  • मुख्यमन्त्री कार्की भन्छन कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समय खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेका हुन् ।उनले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्दै राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको बताए ।मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुन थाले

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४९३ पटक पढिएको
  • आज राष्ट्रिय धान दिवस मनाइँदै

    काठमाडौं—  आज राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति र किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धान खेतीको महत्वलाई उजागर गर्न यो दिवस मनाउने गरिन्छ ।धान नेपालीको मुख्य खाद्यान्न बाली हो । नेपालको इतिहास, सभ्यता, संस्कृति र जनजीवनसँग धानसँग सम्बन्ध जोडिएको हुन्छ । अधिकांश नेपालीको दैनिक भोजनको आधार चामल भएकाले धानलाई केवल कृषि उत्पादन मात्र नभई जीवनयापनको आधारका रूपमा पनि लिने गरिन्छ ।असार १५ धान रोपाइँको मुख्य समय भएकाले किसानका लागि विशेष महत्व बोकेको दिन

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५४९ पटक पढिएको
  • विविधिकृत खेतीतर्फ किसानको आकर्षण

    नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका किसानहरू विविधिकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले मुख्यबालीका रूपमा अदुवा, बेसार लगाएका छन् भने सहायक बालीका रूपमा चिप्लीभिन्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् । बुलिङटार–१ ढाडबेँसीका किसान टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसारखेती गर्नुभएको छ । “मैले बेसारखेतीसँगै बारीमा भिन्डी र मकैखेतीसमेत गरेको छु”, उहाँले भन्नुभयो, “जसले गर्दा मलाई थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सहयोग पुगेको छ ।” उहाँले तरकारीका रूपमा भिन्डी बजारमा बिक्री हुने र मकै बुङ्गुरको लागि दाना बन्ने गरेको बताउनुभयो । “हामीले पहिलेपहिले एक ठाउँम

    • प्रकाशित मितिः असार १४, २०८३
    • ३११ पटक पढिएको
  • २३ औँ राष्ट्रिय धान दिवस: जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

    काठमाडौं । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम गरी मनाउने भएको छ । कृषि विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाउन जलवायुमैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ । नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब २७ लाख ६५ हजार कृषक परिवार आबद्ध छन् । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल गार्हस्थ्य उ

    • प्रकाशित मितिः असार १२, २०८३
    • १८३ पटक पढिएको
  • बाजुरामा असारे रोपाईँ: परम्परा, श्रम र संस्कृतिको पहिचान

    बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय किसाहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् । पुरुषहरु हलि बाउस्या जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु रोप्न्यारी बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न

    • प्रकाशित मितिः असार ११, २०८३
    • १८२ पटक पढिएको
  • अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

    झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ । कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले । यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी । पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ । पहिले बाँझो रहेका खेतबा

    • प्रकाशित मितिः असार १०, २०८३
    • २०५ पटक पढिएको
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।         समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४९ रहेको छ ।           यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्था

    • प्रकाशित मितिः असार १०, २०८३
    • २८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.