काठमाडौं— बागमती प्रदेश सरकारले आगामी बिहीबार अर्थात २४ वैशाखमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गत २३ चैतमा प्रकाशित सूचना बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आगामी बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।बागमती सरकारले २४ वैशाख २०८० मा प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।
भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु एक करोड सात हजार सङ्कलन भएको छ ।यही वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयव्यय सोमबार सार्वजनिक गरिएको हो । ज्ञानमहायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार सङ्कलित रकममध्ये रु २४ लाख ३८ हजार खर्च भएको छ । खर्च मुख्यतः व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको छ ।कुल रकममध्ये दाताले कबोल गरेको थप रु २१ लाख ७६ हजार उ
काठमाडौं— विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै क्रममा नेपाल पत्रकार महासंघले राजधानीको माइतीघरमा ऐक्यवद्धता ¥याली आयोजना गरेको छ।‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको ¥यालीमा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनको माग गर्दै विभिन्न प्लेकार्ड बोकेका थिए।¥यालीमा ‘प्रेस स्वतन्त्रता बेपत्ता’, ‘पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा’, ‘सरकारी सूचना साझा गर’, र ‘प्रेस स्वतन्त्रता सम्झौता होइ
काठमाडौं— सभामुख डोलप्रसाद अर्यालले बुद्ध जयन्तीले गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।२५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले यहीं विविधताभित्रको एकता र आपसी सद्भाव नै राष्ट्रिय शक्ति भएको बताए ।सभामुख अर्यालले विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचारहरू सम्पूर्ण मानवजातिका लागि मार्गदर्शक र
काठमाडौं— राष्ट्रपति रामचन्द्र पैडेलले किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा शुभकामना व्यक्त गरेका छन् ।आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्दै बन्धुत्व र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाओस् भन्ने कामना व्यक्त गरेका हुन् ।‘उभौली पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरि सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ ।उनले उभौली पर्वलाई ऋतु परिवर्
काठमाडौं— आज नरसिंह जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ ।यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो । नरसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो ।दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नरसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
काठमाडौं— आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा नृत्यलाई सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस वर्ष विश्वभर ‘समावेशीता, सांस्कृतिक विविधता, र आन्दोलनको विश्वव्यापी भाषा’भन्ने मूल नाराकासाथ नृत्य दिवस मनाईँदै छ ।सन् १९८२ मा International Theatre Institute(आईटीआई) को नृत्य समितिले युनेस्कोको सहकार्यमा यस दिवसको सुरुआत गरेको हो।प्रत्येक वर्ष अप्रिल २९ मा यो दिवस मनाइन्छ, जुन आधुनिक ब्यालेका जनक मानिने Jean–Georges Noverre को जन्मद
एजेन्सी— भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् ।दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि लोकभवनसम्मको ऐतिहासिक रोड शोमा लाखौँ सिक्किमवासीलाई हात हल्लाएर सम्बोधन गरेका छन् ।मंगलबार उनी गान्तोकस्थित अर्किडेरियमको भ्रमण गरेका छन् । जहाँ उनले राज्यको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गरे ।भ्रमणको क्रममा प्रधानमन्त्रीसँगै सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि उपस्थित थिए ।पहिलो दिन सोमबार मोदीले पद्म पुरस्कार विजेताहरू र विभिन्न क्षेत्रहरूमा प्रतिष्ठित व्यक्त
काठमाडौं— नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ।नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवद्र्धनमा ध्यान केन्द्रित गरिन्छ।हरेक नेपालीको दैनिक जीवनको अभिन्न हिस्सा बनेको चिया केवल पेय पदार्थ मात्र होइन, हाम्रो संस्कृति, आतिथ्यता र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको परम्परा पनि हो। अधिकांश नेपाली घरमा दिनको सुरुवात चियाबाट हुने गर्दछ भने अतिथि सत्कारको पहिलो माध्यम पनि प्रायः चियानै बन्ने गरेको छ।इलाम र झापाका
काठमाडौं— सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले दाङको लमहीमा पहिलोपटक ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ आयोजना हुने भएको छ।लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते दुईदिने उत्सव सञ्चालन गरिने भएको हो। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौंस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो।किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलोपटक यस्तो उत्सव आयोजना गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका निर्देशक राजु आचार्यले बताए।उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.