आर्थिक

    Showing 561-570 of 4,291 items.
  • मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

    भद्रपुर। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो ।कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो ।कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करो

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 282 पटक पढिएको
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २२५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५३ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारब

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 188 पटक पढिएको
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैय

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 406 पटक पढिएको
  • स्थानीय तहको विकास बजेट खर्च न्यून, मन्थली नगरपालिकाको ९ महिनाको खर्च जम्मा २१ प्रतिशत मात्र

    रामेछाप— रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ ।नगरपालिकाले नौं महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।नगरपालिकाको-८ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।ठेक्का कार्यको भुक्तानीको क्रममा नै रहेका कारण पुँजीगत खर्च कमजोर देखिएको उनले दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमा चालु खर्च ५९.९६ प्रतिशत प्रगति हुँदा विकास खर्च भने न्यून भएको जानकारी गराए ।नगरपालिकाबाट

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 472 पटक पढिएको
  • कैलालीका किसानले समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी

    टीकापुर— कैलालीका किसानहरू यस वर्ष गहुँ बिक्री गर्दा अपेक्षाभन्दा राम्रो मूल्य पाएपछि उत्साहित देखिएका छन्। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु ३,९४५ भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ४,२५० मा गहुँ खरिद सुरु गरेको छ। यो कदमले किसानलाई थप प्रोत्साहन दिएको छ।बुधबारदेखि टीकापुरमा र त्यसअघि धनगढीको मोहनपुरबाट गहुँ खरिद सुरु भएसँगै किसानहरू गोदामसम्म पुगेर उत्पादन बिक्री गर्न थालेका छन्। केही किसानले पहिले नै कम मूल्यमा गहुँ बेचिसकेको भए पनि अहिले बिक्री गर्नेहरूले राम्रो मूल्य पाएको बताएका छन्। किसान योगेन्द्र साउँद र क्रिमलाल डङ्गौराजस्ता कृषकहरूले सम

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 550 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 481 पटक पढिएको
  • माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

    काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो । निष्काशन गरिएको शेयरमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।यस्तै, सर्वसाधारणका लागि छ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 424 पटक पढिएको
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैया

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 377 पटक पढिएको
  • गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

    रौतहट— गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा निकै अगाडि नै राजस्व संकलन पूरा गर्ने भएको छ ।आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ । भन्सार कार्यालयको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा संकलित रकम (वैशाख १३ सम्म) ३२ करोड ८० लाख २१ हजार ५९१ रुपैयाँ छ । यो प्रगति प्रतिशतस् ९८.५१५ रहेको गौर भन्सारका प्रमुख भन्सार अधिकृत विकास कुमार रजकले बताए ।उनका अनुसार सिमानामा हुने अवैध ओसारपसार नियन्त्रण र राजस्व चुहावट रोक्न चालिएका कदमले गर्दा यो सफलता मिलेको हो। अनिवार्य भन्सारको नियमले गर्दा राज्यक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 476 पटक पढिएको
  • चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

    काठमाडौं— चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।सम्झौताअनुसार, दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।यसअघि पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ ।सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 411 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.