आर्थिक

    Showing 291-300 of 3,248 items.
  • ‘लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले परिणाम दिन सकेनन्’

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति भएको बताएका छन् ।मंगलबार काठमाडौंमा ११ औं राष्ट्रि उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका संस्थाहरु केवल रोजगारीसम्म मात्र सिमित रहेको भन्दै लगानी प्रवद्र्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरुले त्यो हिसाबले काम गर्न नसकेको बताए । उनले भने, ‘नेपाल सरकारको तर्फबाट स्थापना गरेका कतिपय संस्थाहरु कसैलाई रोजगारी दिने हिसाबले मात्र स्थापना भएको देखेका छौं । यस्तो काम

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 410 पटक पढिएको
  • देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण

    लहान— घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ ।कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो।जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिएका थिए ।उद्योग दिवसको अवसर पारेर कार्यालयले जिल्लामा उत्कृष्ट काम गर्दै आएका दर्जनौं साना उद्योग व्यवसायीहरूलाई

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 405 पटक पढिएको
  • सीजीले ल्यायो नेपालमै पहिलो एआई टिभी, कन्टेन्ट–बेस्ड पिक्चर क्वालिटीको मज्जा लिन सकिने

    काठमाडौं— नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ ।संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो ब्रान्डलाई निरन्तर अपग्रेड गर्दै आएको बताउँदै, अब टेलिभिजन क्षेत्रमा पनि अत्याधुनिक एआई प्रविधि भित्र्याएको जनाएको छ ।सीजी इलेक्ट्रोनिक्सका सिनियर म्यानेजर भरत प्रसाद साहले हाल नेपालमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै कम्पनीले स्टेडियममै बसेर हेरेको जस्तै अनुभव दिलाउने एआई फिचरसहितको

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 383 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्र

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 182 पटक पढिएको
  • एनआईसी एशिया बैंकका ग्राहकका लागि थेरापी सेन्टरमा १०% विशेष छूट

    काठमाडौं— एनआईसी एशिया बैंकका ग्राहकले अब थेरापी सेन्टरका विभिन्न शाखामा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र थेरापी सेन्टरबीच छुट सुविधा सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएपछि सो सुविधा लागू भएको हो।सम्झौता अनुसार बालुवाटार, त्रिपुरेश्वर तथा बुटवलस्थित थेरापी सेन्टरका शाखाहरूमा बैंकका ग्राहकले सेवा लिई डिजिटल भुक्तानी गरेमा छुट उपलब्ध हुनेछ। ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा मात्र छुट पाउनेछन्।बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धन गर्न मद्दत पुग्न

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 401 पटक पढिएको
  • चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कार, जिप, भ्यान आयात भएको छ ।भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ईभी कार, जिप, भ्यान आयात भएको हो । उक्त मूल्यमा कुल ३ हजार २०३ युनिट विद्युतीय कार आयात भएको छ ।उक्त संख्यामा कार आयात हुँदा सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । त्यस्तै, असोजमा २ हजार १३४ युनिट, साउन र भदौमा ४ सय ८६ युनिट ईभी नेपाल भित्रिएको थियो ।पेट्रोलियम पदार्थबाट चल्ने गाड

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 391 पटक पढिएको
  • वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन

    काठमाडौं— वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताए ।“चालु आवक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 393 पटक पढिएको
  • बाँसलाई संरचना निर्माणमा प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत

    काठमाडौं— सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेको हो । मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माणलाई संस्थागत बनाउने मार्ग प्रशस्त गरेको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत  मार्गदर्शन कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्था

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 388 पटक पढिएको
  • आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ । 

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 394 पटक पढिएको
  • कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवानामा

     काठमाडौं— उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ।विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो। विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवस

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 337 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा