आर्थिक

    Showing २९१-३०० of ४,५१९ items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ । बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १८२ पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १७७ पटक पढिएको
  • आईपीओ जारी गर्दै ईस्ट सोलार कम्पनी

    काठमाडौं / सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक इश्यु म्यानेजर नियुक्तिसम्बन्धी सम्झौता गरेको हो । सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत सीईओले झापा जिल्लाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार आयोजना निर्माण सम्पन्न हुने र आईपीओ निष्कासन प्रक्रिया एकैसाथ अघि

    • प्रकाशित मितिः असार २५, २०८३
    • १८८ पटक पढिएको
  • नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन: शंकर पोखरेल

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बता

    • प्रकाशित मितिः असार २५, २०८३
    • २०३ पटक पढिएको
  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६०  पैसा र बिक्रीदर १०६ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८

    • प्रकाशित मितिः असार २५, २०८३
    • २५५ पटक पढिएको
  • आन्तरिक विवाद मत्थर पार्दै कोशी सरकारको बजेट पारित

    विराटनगर / सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको छ । बजेट पारित गराउन सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गर्नुपरेको हो । मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाएका थिए। केही सांसदले हस्ताक्षर अभियानसमेत चलाएपछि प्रदेशसभा बैठक पटक–पटक स्थगित भएको थियो । सांसदहरूको असन्तुष्टि बढेपछि सरकारले विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ बजेट कटौती सरेन्डर गरेर

    • प्रकाशित मितिः असार २४, २०८३
    • ३६८ पटक पढिएको
  • प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

    काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन् ।सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्

    • प्रकाशित मितिः असार २४, २०८३
    • २५८ पटक पढिएको
  • अर्थतन्त्रलाई गति दिन सरकार–निजी क्षेत्र एकै टेबलमा

    काठमाडौं । आर्थिक गतिविधि सुस्ताएको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका शीर्ष व्यवसायीसँग प्रत्यक्ष छलफल गर्दै लगानी, उद्योग र रोजगारी बढाउन देखिएका नीतिगत तथा प्रशासनिक अवरोध हटाउने प्रतिबद्धता जनाएका छन्।सुस्त बन्दै गएको अर्थतन्त्रलाई गति दिन सरकार र निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु भएको छ। यही क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी–व्यवसायीका प्रमुख प्रतिनिधिसँग छलफल गर्दै उद्योग र लगानीमैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले उद्योग सञ्चालनमा देखिएका नीतिगत, कानुनी र प्रशासनिक जट

    • प्रकाशित मितिः असार २४, २०८३
    • ११७ पटक पढिएको
  • बजारबाट २० अर्ब रुपैयाँ तान्ने तयारीमा राष्ट्र बैंक

    काठमाडौं। बैंकिङ प्रणालीमा तरलता बढिरहेका बेला नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। एक वर्षे ऋणपत्रमार्फत हुने यो प्रक्रिया आजै बोलकबोलबाट सम्पन्न हुँदैछ। नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्दै अतिरिक्त तरलता व्यवस्थापनको कदम चालेको छ।अनलाइन बोलकबोलमार्फत हुने यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट तय हुनेछ भने ऋणपत्रको अवधि एक वर्षको हुनेछ।राष्ट्र बैंकले पर्याप्त रकम बिना बोलकबोल गर्ने संस्थालाई जरिवानासहित ६ महिनासम्म प्रतिबन्ध लगाउने

    • प्रकाशित मितिः असार २४, २०८३
    • ८९ पटक पढिएको
  • २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ निष्कासन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको लागि उक्त ऋणपत्र बोलकबोल मार्फत जारी गर्न लागेको हो ।बैंकद्वारा प्रकाशित सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।सहभागी हुन चाहने संस्थाहरुले न्यूनतम ५ करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब

    • प्रकाशित मितिः असार २४, २०८३
    • १६६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.