काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रबाट १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुधबार बिहान आएको बाढीपछि नेपाली सेनाले स्याफ्रुबेँशी, मैलुङ र धुन्चेबाट उनीहरूको उद्धार गरेको हो।सेनाका अनुसार स्याफ्रुबेँशीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जना उद्धार गरिएका छन्।
उद्धार अभियानमा नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर परिचालन गरिएको छ।यता, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं। १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ।






































