काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नियमित प्रशासनिक एजेन्डासँगै संसद्को जारी बजेट अधिवेशन अन्त्य गर्ने विषय पनि बैठकको मुख्य कार्यसूचीमा पर्ने सम्भावना रहेको छ।
सरकार स्रोतका अनुसार बैठकमा मन्त्रालयगत नियमित निर्णय, समसामयिक प्रशासनिक विषय तथा आगामी सरकारी कार्ययोजनाबारे पनि छलफल हुनेछ। साथै, संसद्को बजेट अधिवेशन समापन गर्ने प्रस्तावमाथि समेत मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने बताइएको छ।
पछिल्लो राजनीतिक गतिविधि र संसद्को विकसित परिस्थितिबीच बस्न लागेको यो मन्त्रिपरिषद् बैठकलाई सरकारका आगामी कदम तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।






































