काठमाण्डौ । नेपाल आयल निगमले मङलबार राती १२:०० बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रतिलिटर पेट्रोल २० रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँले घटाइएको जानकारी गराएको हो । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको निगमले जनाएको छ । साथै, खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेको छ ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटसँगै इण्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।Screenshot_2026_0701_074158