इटहरी : जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका-०३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा एक भारतीय नम्बरको स्कारपियो जीपबाट करिब १०४ किलो गाँजा बरामद भएको छ ।

सोमबार करिब ०१:५५ बजे चतराबाट नडाहा तर्फ आउँदै गरेको BR31P6651 नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटना भएको थियो । 

घटनाको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको चारवटा प्लास्टिकको बोरामा १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको हो ।

बरामद गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको छ भने दुर्घटनापछि फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।