एजेन्शी । शनिबार बिहान आसामको जोरहाटस्थित रौरिया एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा एउटा सैन्य विमान दुर्घटना भएको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ।असममा दुर्घटना हुँदा दुईटुक्रा भएको भारतीय वायुसेनाको विमान।
असममा दुर्घटना हुँदा दुईटुक्रा भएको भारतीय वायुसेनाको विमान। सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ विमान दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।






































