मोरङमोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ ।
जेठ २८ गते दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाईकलमा सवार भारतको अररिया जोगबनी-१० का १९ बर्षीय इरफान खान र बिराटनगर-१७ का १९ बर्षीय इफ्रिदि मिँयालाई शंकास्पद गतिबिधी गरीरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गरेको थियो ।
सोही क्रममा निजहरुको साथबाट प्रहरीले ११९ ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।