रौतहट । रौतहटमा प्रहरीको एक्सन: तस्करलाई गोली प्रहार गरी नियन्त्रणमा,९० लाखको अवैध सामान बरामद गरेको छ।
रौतहटमा प्रहरीलाई एक गोप्य सूचना प्राप्त हुन्छ कि तस्करहरूले करिब ३२२ बोरा फर्सीको बीउ नेपाल–भारत सीमामा तिर्पालले छोपेर भारततर्फ तस्करी गरिरहेका छन्। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल उक्त स्थानमा पुग्छ र अवैध रूपमा राखिएको ३२२ बोरा फर्सीको बीउ नियन्त्रणमा लिन प्रयास गर्छ।
यसै क्रममा प्रहरीमाथि ठूलो समूहले ढुंगामुढा प्रहार गर्छ र प्रहरी तथा तस्करबीच झडप हुन्छ। स्थिति नियन्त्रणमा लिन तथा आफ्नो सुरक्षा गर्न प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गर्छ। अन्ततः प्रहरीले उक्त अवैध सामान नियन्त्रणमा लिन सफल हुन्छ।




































