काठमाण्डौ । सशस्त्र प्रहरी बलका एआईजी अञ्जनी कुमार पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद्को निर्णयपछि बढुवा भएका उनलाई आईजी नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।यसअघि रिक्त रहेको उक्त विभागको जिम्मेवारी अब पोखरेलले सम्हाल्ने भएका छन्।
सशस्त्र प्रहरी स्थापनाकालदेखि संगठनमै रहेका अधिकृतमध्येबाट पहिलो पटक नेतृत्वतर्फ अघि बढ्ने अवसर पनि यसले खोलेको बताइएको छ।





































