काठमाडौं— स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी ३३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने, एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






































