एजेन्शी  ।  भारतको ककरोच जनता पार्टीले दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन सुरु गरेको छ । परीक्षा सञ्चालनमा गम्भीर लापरवाही भएको आरोप लगाउँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरमा प्रदर्शन सुरु भएको हो ।FB_IMG_1780745274084भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सडकमा उत्रिएको छ। अमेरिकाबाट शनिवार बिहान दिल्ली ओर्लिएका सीजेपीका संस्थापक अभिजीत दीपके जन्तर मन्तर पुगेका छन्।

सुरक्षाकर्मी ठूला सङ्ख्यामा परिचालन गरिएका छन्। सञ्चारकर्मीहरू पनि ठूलो सङ्ख्यामा देखिन्छन्। सहभागी प्रदर्शनकारी युवाको सङ्ख्या बढ्दै गएको देखिन्छ। सीजेपीविरुद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए।FB_IMG_1780744471562