काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ७ जना डीआईजीको सरुवा एवं नयाँ ७ जनाको पदस्थापन गरिएको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका अनुसार आज उनीहरूको सरुवा तथा पदस्थापन गरिएको हो।
पदस्थापन हुनेहरुमा गत वैशाख १२ गते बढुवा सिफारिस भएका दिग्विजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन्। उनीहरू बाहेक अन्यको भने सरुवा गरिएको हो। पदस्थापन हुने नयाँ डीआईजीहरुले वैशाख २२ गतेको निर्णयअनुसार वैशाख २८ गते दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए।
सूची









































