नेपालगंज ।  नेपालगंजका श्याम सुन्दर अग्रवाल ३ करोडको सुन,८ लाख भारतिय रुपैया सहित सुर्खेतमा पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिरेन्द्रनगर-६ तल्लो बजार स्थितमा रहेको शिव ईम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैया र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको सुचनाको आएपछी उक्त स्थानमा छापा हानी चेकजाँज तथा खानतलासी गर्दा नेपाली रुपैया २ लाख १९ हजार भारतीय रुपैया ८ लाख ११ हजार र ३ करोड मुल्य बराबरको डब्बामा राखिएको १८५ थान सुन चादी सहित नेपालगन्ज घर भएका बर्स ६३ का श्याम सुन्दर अग्रवाल पक्राउ परेका छ्न ।