काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि मौन छन् । उनले सार्वजनिक कार्यक्रममा नबोलेको धेरै भइसक्यो ।
यतिमात्रै होइन गणतन्त्र दिवसका दिनसमेत उनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन्। उनले सम्बोधन त गरेनन् नै गणतन्त्र दिवसको औपचारिक शुभकामना समेत दिएनन्।
यहीबिचमा बालेनले शुक्रबार राति एक अस्पष्ट स्ट्याटस लेखेका छन् । उनले फेसबुकमा देखेका छन्, ‘ढुक्क हुनुस् !’ यो कसप्रति लक्षित हो भन्ने पनि खुलेको छैन।




























