विराटनगर । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका-४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ।






































