देवेन्द्र किशोर :आईपीएल २०२६ को प्लेअफ दौडबाट मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स बाहिरिएपछि क्रिकेट अष्ट्रेलिया (सीए) ले पाकिस्तानविरुद्ध हुने वनडे सिरिज र मे–जूनमा बंगलादेश यात्रामा खेलिने सेतो बल सिरिजका लागि आफ्नो टोली घोषणा गरेको छ।
लखनऊ सुपर जायन्ट्सबाट आईपीएल खेलिरहेका मिचेल मार्शलाई दुवै प्रारूपमा टोलीको कप्तान नियुक्त गरिएको छ। चोट र कार्यभार व्यवस्थापनलाई ध्यानमा राख्दै प्याट कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्कलाई आराम दिइएको छ।
वनडे टोलीमा बिली स्टेनलेक र राइली मेरेडिथको पुनरागमन भएको छ भने ओली पीक, लियाम स्कट र जोएल डेविसले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका छन्। पीकलाई केवल पाकिस्तानविरुद्धको वनडे सिरिजका लागि समावेश गरिएको छ भने स्कटलाई बंगलादेशविरुद्धको वनडे सिरिजमा मौका दिइएको छ। जोएल डेविसले भने बंगलादेशविरुद्धको टी–२० सिरिज खेल्नेछन्।
बंगलादेशविरुद्धको वनडे सिरिजमा ट्रेभिस हेड, कूपर कोनोली, बेन ड्वारशुइस र जेवियर बार्टलेटले टोलीमा स्थान बनाएका छन्, जसले क्रमशः पीक, स्टेनलेक, मेरेडिथ र म्याट शर्टलाई प्रतिस्थापन गरेका छन्।
वनडेबाट सन्यास लिइसकेका ग्लेन म्याक्सवेललाई टी–२० टोलीमा समावेश नगरिएको छ।
चयन समितिका अध्यक्ष जर्ज बेलीले नयाँ खेलाडीहरूलाई अवसर दिनु टोली निर्माणको महत्वपूर्ण हिस्सा भएको बताए। उनका अनुसार अनुभवी र नयाँ खेलाडीहरूको मिश्रणले उपमहाद्वीप यात्रामा टोलीलाई सन्तुलन प्रदान गर्नेछ।
पाकिस्तानविरुद्धको वनडे टोली: मिचेल मार्श (कप्तान), एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, जोश इङ्ग्लिस, म्याथ्यू कुहनेमन, मार्नस लाबुशेन, राइली मेरेडिथ, ओलिभर पीक, म्याथ्यू रेनशा, तनवीर संघा, लियाम स्कट, म्याट शर्ट, बिली स्टेनलेक र एडम जेम्पा।
बंगलादेशविरुद्धको वनडे टोली: मिचेल मार्श (कप्तान), जेवियर बार्टलेट, एलेक्स केरी, कूपर कोनोली, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, ट्रेभिस हेड, जोश इङ्ग्लिस, म्याथ्यू कुहनेमन, मार्नस लाबुशेन, म्याथ्यू रेनशा, तनवीर संघा, लियाम स्कट र एडम जेम्पा।
बंगलादेशविरुद्धको टी–२० टोली: मिचेल मार्श (कप्तान), जेवियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, जोएल डेविस, नाथन एलिस, क्यामरन ग्रीन, एरन हार्डी, ट्रेभिस हेड, जोश इङ्ग्लिस, स्पेन्सर जोन्सन, म्याथ्यू कुहनेमन, राइली मेरेडिथ, जोश फिलिप, म्याथ्यू रेनशा र एडम जेम्पा।




































