काठमाण्डौ । नेपालले आफ्नो भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर मार्ग खोलेको विरोधमा पठाएको कूटनीतिक नोटलाई भारतले केही घण्टामै जवाफ दिँदै ठाडै अस्वीकार गरिदिएको छ।
लिपुलेक पास भएर जाने यो बाटो सन् १९५४ देखि नै निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग भएको र यसमा कुनै नयाँ विषय नभएको दाबी भारतले गरेको छ। नेपालले अघि सारेका भू-भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जिकिर गर्दै भारतले त्यस्ता एकतर्फी दाबीहरू आफूलाई किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेको छ।
परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत ध्यानाकर्षण गराएको केही घन्टामै प्रतिवाद गर्दै भारतले सीमा वि'वाद लगायतका द्विपक्षीय मुद्दामा कूटनीतिक संवाद र रचनात्मक छलफलका लागि तयार रहेको बताए पनि नेपालको हालको अडानलाई भने पूर्णतः नकारेको छ।



































