काठमाण्डौ । नेपाल आयल निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो । मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहरूमा गएराति १ बजेदेखि पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ।
एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावमा समायोजन गरिएको निगमले जनाएको छ ।




































