काठमाण्डौ । नेकपा एमालेका नेता महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी बस्नेतसहितको समूहले काठमाडौँको माइतीघरमा शोभा पाठकमाथि हातपात गरेको छ। आफूमाथि ब'लात्कार गरेको आरोप लगाउँदै बस्नेतलाई पक्राउ गर्न माग गरी अनशनमा बसेकी पाठकमाथि माइतीघरमै पुगेर हातपात गरिएको हो।
अम्बिकासहित आएका केही महिलाहरूले अनशन स्थलमै पाठकको कपाल भु'त्लाउँदै हा'तपात गरेका हुन्। सो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। भिडियोमा केही महिलाहरूले पाठकलाई अचानक भौतिक आक्रमण गरेको देखिन्छ।
शोभा पाठकले केही समयदेखि महेश बस्नेतमाथि गम्भीर आरोप लगाउँदै कानुनी कारबाहीको माग गरी माइतीघरमा आन्दोलन गर्दै आएकी थिइन्। सार्वजनिक स्थल र सुरक्षाकर्मीको उपस्थितिमै संवेदनशील क्षेत्रमै यसरी हातपात भएपछि यस घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्। घटनालगत्तै त्यहाँ उपस्थित प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
माइतीघर मण्डलामा अनसनरत शोभा पाठकसँगको घम्साघम्सीमा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित ८ जना पक्राउ परेका छन् ।






































