सुनसरी — बर्जु गाउँपालिका वडा नम्बर–६ मा गेंडाको सिङ तस्करीमा संलग्न एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा गरिएको विशेष अपरेशनमार्फत उक्त समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट बहुमूल्य गेंडाको सिङ बरामद गरिएको र उनीहरू लामो समयदेखि वन्यजन्तु तस्करीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।IMG-20260417-WA0007