काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर अधिकांश बादल लागेको छ । हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्यांगसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी  र गण्डकी  प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।