काठमाण्डौ  ।  नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो ।आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए। छलफलमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले पनि सहायक प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका कर्मचारीहरूलाई चुस्ता पोशाक (बर्दी) सहित उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबैलाई अनिवार्य रुपमा उपस्थित हुन सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।उनीहरूलाई एपीएफ रंगशालामा उपस्थितिका लागि सर्कुलर गरिएको हो ।