काठमाडौं ।  काठमाडौंको शंकरापुर नगरपालिका–४ जहरसिंह पौवा जाने सडकखण्डमा बस दुर्घटना भएको छ। केहीबेर अघि बस सडकबाट करिब ६०–७० मिटर तल खसेको हो।

काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको मृत्यु गएराति साढे १२ बजे मृत्यु भएपछि जम्मा मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।